बेस्ट फिफा अवार्ड विजेतापछि लेवान्डोस्की मख्ख, मेस्सी स्तब्ध

बेस्ट फिफा अवार्ड विजेतापछि  लेवान्डोस्की मख्ख, मेस्सी स्तब्ध
युरोपनेपाली खबर २०७८ माघ ३ गते सोमबार, 17-01-2022


विश्व फुटबलको सर्वोच्च संस्था फिफाले वर्ष २०२१ मा पुरुष फुटबलतर्फ दिने द बेस्ट फिफा अवार्ड जर्मन क्लब बार्यन म्युनिख तथा पोल्यान्डका फरवार्ड रोवर्ट लेवान्डोस्कीले जितेका छन् । उनले २०२१ को बालोन डिओर विजेता फ्रेन्च क्लब पिएसजी तथा अर्जेन्टिनाका फरवार्ड लिओनल मेस्सीलाई पछि पार्दै २०२१ द बेस्ट फिफा अवार्डमा बाजी मार्न सफल भएका हुन् ।

लेवान्डोस्कीले गत वर्ष २०२० को पनि फिफा अवार्ड जितेका थिए । उनले लगातार दोस्रो वर्ष यो अवार्ड जितेका हुन् । यसअघि बालोन डिओर अवार्डमा दोस्रो मात्रै बनेका लेवान्डोस्कीले फिफा अवार्डमा भने मेस्सीसँग बदला लिँदै प्रतिष्ठित अवार्ड दोस्रोपटक पोल्टामा पार्न सफल भए । बालोन डिओरमा मेस्सीले लेवान्डोस्कीलाई ३३ अंकले पछि पारेर अवार्ड जितेका थिए ।

वर्ष २०२१ मा लेवान्डोस्कीले विभिन्न तीन उपाधि जितेका थिए । उनले बार्यनबाट बुन्डेसलिगा, जर्मन कप र क्लब विश्वकपको उपाधि जितेका थिए । उनले २०२१ मा क्लब बार्यन र पोल्यान्डका लागि गरी कूल ६९ गोल र ११ गोलमा असिस्ट गरेका थिए । २०२१ मा लेवान्डोस्कीले युरोपियन गोल्डेन बुट समेत जितेका थिए ।

लेवान्डोस्कीले गत वर्ष २०२० मा पनि फिफा अवार्ड जितेका थिए । तर, सो वर्ष बालोन डिओर भने रद्द हुँदा उनी ठगिएका थिए । अब फिफा अवार्ड दुईपटक जितेसँगै लेवान्डोस्कीले पोर्चुगल तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई अवार्डसँग बराबरी पनि गरेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित