पितालाई कोरोना खोप लगाउन ६ घण्टा बोकेर ल्याउने यी युवक कुन देशका को हुन् ?

पितालाई कोरोना खोप लगाउन ६ घण्टा बोकेर ल्याउने यी युवक कुन देशका को हुन् ?
युरोपनेपाली खबर २०७८ माघ ४ गते मंगलबार, 18-01-2022


आधुनिकतासँगै मानिसहरू स्वार्थी बन्दै गइरहेका छन् भनिन्छ । धेरैले परिवारजनको खासै ख्याल गरेको पनि देखिँदैन । तर यो दुनियाँमा द्वापर युगका श्रवणकुमार जस्तै पितृसेवकको पनि कमी छैन । अझ पश्चिमा मुलुकहरूमा समेत ।

हालै ब्राजिलमा एकजना युवकले आफ्नो पितालाई कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि आफैंले ६ घण्टासम्म पिठ्यूँमा बोकेर ल्याएको घटना सार्वजनिक भएको छ । उक्त तस्वीर सार्वजनिक भएसँगै मानिसहरूले ती युवकको निकै प्रसंशा गरिरहेका छन् ।

तस्वीरमा भाइरल भएका ती २४ वर्षे युवकको नाम तावी हो । उनी परिवारसँगै ब्राजिलको अमेजनमा बस्दछन । उनले आफ्ना ६७ वर्षका वृद्ध बुवालाई पिठ्यूँमा बोकेर ६ घण्टाको बाटो हिँडेर खोपस्थलसम्म पुगेका थिए । खोप लगाइसकेपछि पुनः त्यसैगरी बोकेर ६ घण्टाको पैदल बाटो हिँडेर घर पुगेका थिए ।

डाक्टर एरिक जेनिंग्सले ती पितृभक्त युवक र उनका बुवाको तस्वीर खिचेका हुन् । ती युवकका बुवाले राम्रोसँग आँखाले नदेख्ने तथा हिँडडुल गर्न पनि नसक्ने थिए । खोपका लागि सरकारी टोली आफ्नो गाउँमा नआउने भएपछि ती युवकले बुवालाई बोकेर खोपस्थल पुर्‍याउने निधो गरेका थिए ।

वास्तवमा यो तस्वीर डाक्टर रिकले सन् २०२१ को जनवरीमा खिचेका थिए, जतिबेला ब्राजिलमा कोरोनाको खोप दिन बल्ल सुरुआत भएको थियो । तर सो तस्वीर एकवर्ष पछि सन् २०२२ को जनवरी १ मा मात्र उनले इन्स्टाग्राममा शेयर गरे जुन एकाएक भाइरल बन्यो ।

एजेन्सी

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित