बर्ष २०२१ पोल्याण्डमा दोस्रो विश्वयुद्ध पछिकै धेरै मान्छेको ज्यान गयो

बर्ष २०२१ पोल्याण्डमा दोस्रो विश्वयुद्ध पछिकै धेरै मान्छेको ज्यान गयो
युरोपनेपाली खबर २०७८ माघ ५ गते बुधबार, 19-01-2022


युरोप  - पोल्याण्डले सन् २०२१ मा दोस्रो विश्वयुद्ध पछिकै सर्वाधिक धेरै नागरिकको  मृत्यु व्योहोरेको तथ्य बाहिरिएको छ।  

पोल्याण्डको सरकारी तथ्याक अनुसार सन् २०२१ मा मात्र ५१९८७२ जनाले ज्यान गुमाएका छन्।  सन् २०२० मा ४८६४३० जनाले ज्यान गुमाउदा पोल्याण्ड युरोपेली मुलुकहरुमध्ये धेरै मृत्युदर हुने  मुलुकमा परेको थियो।  त्यो संख्या सन् २०२१ मा ७ प्रतिशतले बढेको तथ्याकले देखाएको छ।  

उल्लेखित तथ्यांक कोरोनाको कारण बाट हुने मृत्यु मात्र नभई सबै खाले मृत्युको तथ्यांक हो।  स्रोतका अनुसार पोल्याण्डको मृत्युदर २० युरोपेली मुलुकहरु मध्ये सर्वाधिक धेरै रहेको जनाईएको छ। 

विभिन्न तथ्यांकले पोल्याण्डको मृत्युदर सन् २०२२ मा पनि उल्लेख्य हुनसक्ने जनाईएको छ।  कोरोना महामारी सुरु भएयता  पोल्याण्डमा पोलिश सरकारको अनुमान भन्दा धेरैले ज्यान  गुमाईरहेका छन्।  

पोल्याण्ड प्रत्येक एक लाखमा धेरै मृत्युदर हुने युरोपेली देशमै पर्ने गरेको छ।  पोल्याण्डमा  कोरोना कहर सुरु भएपछि प्रत्येक एक लाख  मानिसमा  ४४१ जनाले ज्यान गुमाएका छन् , त्यहि संख्या बुल्गेरियामा ८८४, लिठुनियामा ६३४, रोमानियामा ५९० रहेको छ।  

उता  कम मृत्युदर हुने मुलुकहरु -  डेनमार्कमा एक लाख मानिसमा ५३ जनाले ज्यान गुमाउने गरेको तथ्यांक बाहिरिएको छ भने   प्रत्येक एक लाखमा  लक्जेम्बर्गमा ५३ , साईप्रसमा ५९ , आयरल्याण्डमा ६५ जनाले ज्यान गुमाउने गरेको तथ्यांक बाहिरिएको छ।  

पोल्याण्डले  दोस्रो विश्वयुद्ध पछिकै उच्च दरको मृत्यु कायम गर्नुमा कोरोना  व्यवस्थापनलाई खेलाची ठान्नु, न्यून भ्याक्सिन रेट , कमजोर स्वास्थ्य प्रणाली र ज्यादा बृद्ध जनसंख्यालाई कारण मानिएको छ।  

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित