विदेशमा रहेका नेपालीको मताधिकार ग्यारेण्टीको माग गर्दै प्रवासी नेपाली मञ्चले सरकारलाई ज्ञापन पत्र बुझाउने

विदेशमा रहेका नेपालीको मताधिकार ग्यारेण्टीको माग गर्दै प्रवासी नेपाली मञ्चले सरकारलाई ज्ञापन पत्र बुझाउने
युरोपनेपाली खबर २०७८ माघ ६ गते शुक्रबार, 21-01-2022


पोर्चुगल । विदेशमा बस्ने नेपालीलाई यथास्थानमा मतदानको व्यवस्था गर्न माग गर्दै नेकपा एमालेको विदेश स्थित भातृ संगठन प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटीले नेपाल सरकार र विभिन्न मुलुकमा रहेका नेपाली दुतावासमा ज्ञापन पत्र बुझाउने भएको छ ।

सर्वोच्च अदालतले २०७४ चैतमा विदेशमा रहेका नेपाली नागरिकलाई सोही स्थानबाट मतदान गर्ने व्यवस्था मिलाउन नेपाल सरकारलाई निर्देशन दिएको थियो । सर्वोच्च अदालतको सो फैसला अझै कार्यन्वयनमा आएको छैन ।

अन्तर्राष्ट्रीय कमिटीका प्रचार विभाग प्रमुख तथा अमेरिकाका अध्यक्ष प्रभु थापाले समाज टाइम्सका अनुसार नेपालमा परराष्ट्र मन्त्री र निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाइने छ । यस्तै विश्वभरी रहेका नेपाली दुतावासमा पनि सोही देशका कमिटीले ज्ञापन पत्र बुझाउने छन् ।

थापाका अनुसार जनवरी २२ तारिक सोमवारका दिन नेपालको समय एक बजे ज्ञापन पत्र बुझाइने छ । अन्य मुलुकमा भने अनुकुल समयमा ज्ञापन पत्र बुझाइने छ ।

‘नेपाली नागरिकको नैसर्गिक अधिकार हो मतदान, सर्वोच्चले पनि जो जहाँ छन् त्यहीबाट मतदानको व्यवस्था गराउनु भनेको छ त्यो कार्यन्वयन हुनु पर्छ भन्ने हाम्रो माग हो त्यसैका लागि दवाव दिन हामीले ज्ञापन पत्र बुझाउन लागेका हौ ।’ थापाले भने ।

आधिकारिक तथ्याङ्क नभए पनि मुलुकको कुल जनसंख्याको लगभग एक तिहाइ नेपाली नेपाल भन्दा बाहिर रहेका छन् भनिदै आइएको छ ।

विदेशमा बस्ने नेपालीको नोट चल्ने भोट नचल्ने कहिले सम्म ?

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित