तामाङ समाज पोर्चुगलको छैठौं अधिवेशन फेब्रुअरी ६ मा, ल्होसार साँस्कृतिक कार्यक्रम कोभिडका कारण नहुने

तामाङ समाज पोर्चुगलको छैठौं अधिवेशन फेब्रुअरी ६ मा, ल्होसार साँस्कृतिक कार्यक्रम कोभिडका कारण नहुने
युरोपनेपाली खबर २०७८ माघ ७ गते शनिबार, 22-01-2022


लिस्बन । तामाङ समाज पोर्चुगलको छैठौं अधिवेशन फेब्रुअरी ६ मा हुने भएको छ । कार्यक्रमको प्रमुख अतिथिमा समाजका अन्तर्राष्ट्रिय परिषद अध्यक्ष काजीमान तितुङ रहने जानकारी समाजका पोर्चुगल अध्यक्ष मिग्मार तामाङ लामाले जानकारी दिए । यसैगरी विशेष अतिथिमा लिस्बनका लागि अवैतनिक नेपाली महाबाणिज्यदूत मकर हमाल रहने जनाइएको छ ।

अधिवेशन जुम मार्फत आयोजना हुने समाजले जनाएको छ । छैटौं अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । समाजको गत डिसेम्बर २२ को बैठकले निर्वाचन सम्पन्न गर्न संयोजकमा सोनाम योन्जन र सदस्यमा सुशीलबाबु स्याङ्तानलाई तोकेको  छ । तर समाजको नेतृत्व चयन भने गत जनवरी २ तारीखको बहस कार्यक्रमबाट सर्वसम्मत रूपमा चयन भैसकेको र अधिवेशनको दिन नयाँ नेतृत्व सार्वजनिक घोषणा जनाइएको छ ।

यसैबीच समाजले हरेक बर्ष मनाउँदै आएको ल्होसार  साँस्कृतिक कार्यक्रम पोर्चुगल सरकारले तोकेको स्वास्थ्य मापदण्ड कारण कार्यक्रम गर्न सम्भव नभएकोले यसपालिको साँस्कृतिक कार्यक्रम नहुने समेत समाजले जनाएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित