एआरएनए कोरियाले डलर खाता र लगानी बारे अन्तरक्रिया गर्दै

एआरएनए कोरियाले डलर खाता र लगानी बारे अन्तरक्रिया गर्दै
www.europenepalikhabar.com २०७८ माघ २६ गते बुधबार, 9-02-2022


सियोल । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरियाको आयोजनामा डलर खाता, लगानी र क्रिप्टोकरेन्सी लगायतका विषयमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

एनसिसी कोरियाले ‘नेपालमा सुरक्षीत लगानीको अवस्था र सम्भावना, डलर खाता र वैधानीक रेमिट्यान्सको महत्व, क्रिप्टोकरेन्सीमा लगानी र देशको अर्थतन्त्रमा पार्ने प्रभाव’ लगायतका विषयमा अन्तरक्रिर्या गर्न लागेको हो ।

कार्यक्रममा अर्थ मन्त्री जनार्दन शर्मा (प्रभाकर), नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थ मन्त्रालयका सचिव मधु मरासिनीले सम्बोधन गर्नुहुनेछ ।

‘श्रमको सम्मान, श्रमिकलाई बित्तिय ज्ञान’ भन्ने मुल नारा तय गर्दै आयोजित कार्यक्रम जुम मार्फत भर्चुअल रुपमा हुनेछ । कार्यक्रम यही आउँदो शनिवार अर्थात फेब्रुअरि १२ तारिख कोरियन समय बेलुकी ठिक ८ बजे हुनेछ ।

एनसिसी कोरियाका अध्यक्ष दिपक पुन मगरले कार्यक्रममा सहभागिताका लागि कोरियामा रहनु भएका नेपालीहरुमा आग्रह गर्नु भएको छ । पुनले कार्यक्रमबाट श्रम, ब्यापार, अध्ययन एबं बिभिन्न सिलसिलामा बसोबास गरिरहेका नेपालीहरु लाभान्वित हुने विश्वास ब्यक्त गर्नु भयो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित