पुटिनले भने, रुसले भनेको नमाने युक्रेनलाई धूलोपीठो बनाइदिन्छु, अर्कोतिर टर्कीमा वार्ता सुरु

पुटिनले भने, रुसले भनेको नमाने युक्रेनलाई धूलोपीठो बनाइदिन्छु, अर्कोतिर टर्कीमा वार्ता सुरु
www.europenepalikhabar.com २०७८ चैत १५ गते मंगलबार, 29-03-2022


युरोप । युक्रेनसँगको वार्तामा रुसका अनौपचारिक दूत व्यापारी रोमन अब्रामोविचलाई राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनीहरूलाई धूलोपीठो बनाउने भनेको समाचार आएको छ । 

बेलायतको द टाइम्स पत्रिकाले दिएको खबरअनुसार, अब्रामोविचले युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीको हस्तलिखित नोट पसटिनलाई दिएका थिए । 

‘उनीहरूलाई धूलोपीठो बनाइदिन्छु भनी उसलाई भनिदिनू,’ द टाइम्सले लेखेको छ । 

जेलेन्स्कीको नोटमा युद्ध अन्त्य गर्ने विषयमा युक्रेनले राखेको शर्त उल्लेख छ । 

युद्ध अन्त्य गर्ने सम्झौतामा आइपुग्न अब्रामोविचले युक्रेनलाई सहयोग गरिरहेका छन् । द टाइम्स पत्रिकाका अनुसार, अब्रामोविचको विमान इस्तानबुलबाट मस्कोका लागि उडेको थियो । त्यहाँ उनले पुटिनलाई भेटे र जेलेन्स्कीको नोट थमाए । अनि उनी फर्किए । 

यसैबीच अब्रामोविच र युक्रेनका शान्ति वार्ताकारहरू किएभमा भएको बैठकपछि बिरामी परेको खबर द वालस्ट्रीट जर्नलले दिएको छ । उनीहरूलाई विष् दिइएको हुन सक्ने आशंका गरिएको छ । 

तर एक अमेरिकी अधिकारीले विष दिइएको अनुमान गलत भएको बताएका छन् । गुप्तचर स्रोतका अनुसार, अब्रामोविच र शान्ति वार्ताकारहरू बिरामी पर्नुमा वातावरणीय कारण छ ।

रुस र युक्रेनका प्रतिनिधिबीच टर्कीमा वार्ता शुरू

रुस र युक्रेनका प्रतिनिधिहरूले टर्कीको इस्तानबुल नयाँ चरणको वार्ता मंगलवार थालेका छन् । 

वार्ताबाट तत्कालै समाधान निस्कने विषयलाई दुवै पक्षले अस्वीकार गरेका छन् । 

टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले वार्ताको आरम्भ गर्दै दुवै पक्षलाई यो त्रासदी अन्त्य गर्न आग्रह गरे । 

दुवै पक्षको वैध चिन्ता कायम रहेको एर्दोआनले बताए । उनले भने, ‘ठोस परिणाम आवश्यक छ । अन्तर्राष्ट्रिय समुदायले स्वीकार्य ठानेको समाधानमा पुग्नु जरूरी छ । द्वन्द्व थप बढ्नु कसैको पनि हितमा छैन ।’

वार्तामा रुसका धनाढ्य व्यापारी रोमन अब्रामोविच पनि सहभागी छन् ।

युक्रेनी सञ्चारमाध्यमहरूका अनुसार, बैठकको आरम्भमा दुवै पक्षले हात मिलाएनन् र एकअर्कालाई चिसो स्वागत गरे । 

प्रतिनिधिहरूले विविध विवादास्पद विषयमा वार्ता गर्ने युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीका राजनीतिक सल्लाहकार मिखाइलो पोदोल्याकले बताए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित