पोर्चुगल यसरी छनौट भयो विश्वकपमा, म्यासेडोनिया बाहिरियो

पोर्चुगल यसरी छनौट भयो विश्वकपमा, म्यासेडोनिया बाहिरियो
www.europenepalikhabar.com २०७८ चैत १५ गते मंगलबार, 29-03-2022


एजेन्सी – फिफा विश्वकप २०२२ कतार अन्तर्गत युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २-० ले पराजित गर्दै पोर्चुगल विश्वकपका लागि छनोट भएको छ । पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे ।

पोर्चुगलले ब्रुनो फर्नान्डेसको गोलमा सुरुवाती अग्रता लिएको थियो। खेलको ३२ औं मिनेटमा ब्रुनोले कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा गोल गरेका थिए । काउन्टर अट्याकमा आक्रामक बनेको म्यासेडोनियाका कप्तान रिस्तोभ्स्कीको पासलाई ब्रुनोले मध्यभाग नजिक नियन्त्रणमा लिएपछि पोर्चुगल आक्रमणमा बढेको थियो । रोनाल्डो र ब्रुनोले एक आपसमा सुन्दर मुभ बनाउँदै गोल गरेका थिए ।

त्यसअघि रोनाल्डो पोर्चुगललाई अग्रता दिलाउनबाट चुकेका थिए । उनले पेनाल्टी क्षेत्र भित्रबाट वन भर्सेस वनमा गरेको प्रहार थोरैले बाहिरिएको थियो । त्यस्तै पहिलो हाफमा नै ब्रुनोको कर्नरमा डिओगो जोटाको हेडरले पोस्टको दिशा लिन सकेन ।

दोस्रो हाफमा ब्रुनोले अग्रता दोब्बर पारे । ६५ औं मिनेटमा डिओगो जोटाको पासलाई सदुपयोग गर्दै ब्रुनोले पोर्चुगललाई विश्वकपनजिक पुर्याएका थिए । जोटाको क्रसमा ब्रुनोको प्रहार गोल भएको थियो ।

प्लेअफकै अर्को खेलमा पोल्यान्डले स्विडेनलाई हराउँदै विश्वकपमा स्थान पक्का गर्यो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित