यसरी ढल्यो इमरान खानको सरकार

यसरी ढल्यो इमरान खानको सरकार
www.europenepalikhabar.com २०७८ चैत २७ गते आइतबार, 10-04-2022


एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकार ढलेको छ । संसदमा उनीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले पारित भएसँगै सरकार ढलेको हो ।

३४२ सदस्यीय संसदमा १७६ सांसदले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेका थिए । यसअघि सभामुख असल कैसरले खानको राजीनामाबारे जानकारी गराएका थिए ।

खान तीन वर्ष अघि प्रधानमन्त्री बनेका थिए । उनको दल तेहरिक इ इन्साफभित्रै विद्रोह भएको थियो । उक्त् दलका दुई दर्जन सांसदहरुले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

पाकिस्तानमा कुनै पनि निर्वाचित प्रधानमन्त्रीले पाँच वर्षे कार्यकाल पूरा गर्न पाएका छैनन् । त्यहाँको सेना सत्तामा हावी छ । त्यहाँ ४ पटक सैनिक कू समेत भइसकेको छ ।

यसैगरी, इमरान खानले अमेरिकामाथि आफ्नो सरकार ढाल्न भूमिका खेलेको आरोप लगाएका छन् । उनले विदेशबाट आयातित सरकार स्वीकार्य नहुने बताएका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित