४८० पालिकाको नतिजा सार्वजनिक कसले कति जिते ?

४८० पालिकाको नतिजा सार्वजनिक कसले कति जिते ?
www.europenepalikhabar.com २०७९ जेठ ४ गते बुधबार, 18-05-2022


स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत मतगणना जारी छ। वैशाख ३० गते मुलुकभर एक साथ भएको मतदानको गणना जारी छ।

निर्वाचन आयोगका अनुसार हालसम्म ४८० पालिकाको मत परिणाम सार्वजनिक भएको छ।

जसमध्ये १२९ नगरपालिका र ३५० गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

जसमध्ये नेपाली कांग्रेसले सबैभन्दा धेरै ६७ नगरपालिकामा मेयर र १४८ गाउँपालिकामा प्रमुख पदमा जित निकालेको छ।

यस्तै नेकपा एमालेले ३८ नगरपालिकामा मेयर र ९८ गाउँपालिकामा प्रमुख जितेको छ।

यस्तै नेकपा माओवादी केन्द्रले १४ नगरपालिकामा मेयर र ८० गाउँपालिकामा अध्यक्ष जितेको छ।

यस्तै नेकपा एकीकृत समाजवादीले ३ नगरपालिकासहित ८ पालिकामा प्रमुख जितेको छ।  

२ नगरपालिका र २ गाउँपालिका सहित ४ पालिकामा राष्ट्रिय जनमोर्चाले जित हात पारेको छ।

यस्तै स्वतन्त्रले २ नगरपालिकासहित ५ पालिका, राप्रपाले १ नगरपालिकासहित २ पालिका, नेपाल मजदुर पार्टी जनमत पार्टीले १-१ पालिकामा जित हात पारेको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित