काठमाडौं महानगरका १३ वडाको नतिजा : ७ वटामा एमाले र ६ वटा कांग्रेसकाे जित

काठमाडौं महानगरका १३ वडाको नतिजा : ७ वटामा एमाले र ६ वटा कांग्रेसकाे जित
www.europenepalikhabar.com २०७९ जेठ ८ गते आइतबार, 22-05-2022


काठमाडौं । काठमाडौं महानगरपालिकामा एक लाख १२ हजार ४४२ मतगणना हुँदा मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले ४० हजार मत कटाएर अग्रता कायम गरेका छन् । नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंह बालेनभन्दा धेरै पछि छन् । 

अहिलेसम्म महानगरका कुल ३२ वडामध्ये १३ वडाको मतपरिणाम सकिएको छ । सोही मतपरिणामअनुसार महानगरका ७ वडामा नेकपा एमाले र ६ वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । 

एमालेले जितेका सात वडा काठमाडौं महानगरपालिका वडा नम्बर १ मा एमालेका भरत लाल श्रेष्ठले ६२२ मत पाएर निर्वाचित हुँदा कांग्रेसका किरण श्रेष्ठले ५९८ र स्वतन्त्र उमेदवार राजकुमार श्रेष्ठले ४४१ मत पाए । 

यस्तै, वडा नम्बर २ मा एमालेका राजेन्द्र कुमार श्रेष्ठले १,३७७ मत पाएर निर्वाचित हुँदा कांग्रेसका सूर्यलाल महर्जनले ९६३ र राप्रपाका केशवमान डंगोलले २०१ मत पाए । वडा नम्बर ३ मा एमालेका प्रेम थापाले २,१३८ मत पाएर निर्वाचित हुँदा कांग्रेसका राजेश अधिकारीले १,४९१ र एकीकृत समाजवादीका दीपक केसीले ९६६ मत पाए ।

वडा नम्बर ४ मा एमालेका दिनेश महर्जनले ४,६०४ मत पाएर निर्वाचित हुँदा कांग्रेसका राम प्रसाद न्यौपानेले २,२८९ र राप्रपाका न्हुँच्छे महर्जनले ७८१ मत पाए । वडा नम्बर ५ मा एमालेका विरेन्द्र प्रजापतिले १,८१८ मत पाएर विजयी हुँदा कांग्रेसका रमेश डंगोलले १,५७५ र राप्रपाका भिन्दयो प्रजापतिले २१२ मत पाए । 

यसैगरी, वडा नम्बर ३१ मा एमालेका सरोज ढकालले ४,७६७ मत पाएर निर्वाचित हुँदा कांग्रेसका रविन्द्र विक्रम राणाले २,९९१ र माओवादीका राजेश जोशीले ६४६ मत पाए । 

वडा नम्बर ३२ मा एमालेका नवराज पराजुलीले ५,२२५ मत पाएर निर्वाचित हुँदा एकीकृत समाजवादीकी सीतादेवी कँडेल (पराजुली) ले ३,१०८ र राप्रपाका विष्णुप्रसाद गजुरेलले १,१६२ मत पाए । कांग्रेसले जितेका ६ वडा वडा नम्बर ६ मा कांग्रेस लामाले का भुवन ३,८७६ मत पाएर विजयी हुँदा एमालेका वसन्त लामाले २,७३२ र एकीकृत समाजवादीकी लक्ष्मी श्रेष्ठले ६१९ मत पाए । 

वडा नम्बर ७ मा कांग्रेसका विमल कुमार होडाले ३९१ मत पाएर निर्वाचित हुँदा एमालेका कृष्णमणि भट्राईले ३११ र एकीकृत समाजवादीका शुद्धकुमार डंगोलले १२४ मत पाए । वडा नम्बर २७ मा कांग्रेसका योगेश कुमार खड्गीले १,५४१ मत पाएर निर्वाचित हुँदा एमालेका चिनियाँमान बज्राचार्यले १,३०३ र एकीकृत समाजवादीका नविन प्रधानमा ११३ मत पाए । 

यसैगरी, वडा नम्बर २८ मा कांग्रेसका भाइ राम खड्गी प्रकाशले १,२८२ मत पाएर निर्वाचित हुँदा एमालेका विपेन्द्र खड्गीले १,०७३ र राप्रपाका श्याम खड्गीले १५७ मत पाएका छन् । 

वडा नम्बर २९ मा कांग्रेसका कुश ढकालले १,९२१ मत पाएर निर्वाचित हुँदा एमालेका शिवराम राजवंशीले १,८७१ र राप्रपाकी पूजा खड्गी श्रेष्ठले २१० मत पाइन् । 

यस्तै, वडा नम्बर ३० मा कांग्रेसका दल बहादुर कार्कीले २,०६१ मत पाएर निर्वाचित हुँदा एमालेका कृष्ण भक्त खड्गीले ९१६ र राप्रपाका अशोक कुमार थापाले ५२१ मत पाए ।


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित