महिला समाज पोर्चुगलको बार्षिक साधारणसभा भव्यरूपमा सम्पन्न

महिला समाज पोर्चुगलको बार्षिक साधारणसभा भव्यरूपमा सम्पन्न
www.europenepalikhabar.com २०७९ जेठ ९ गते सोमबार, 23-05-2022


लिस्बन । नेपाली महिला समाज पोर्चुगलले भब्यरुपमा बार्षिक साधारण सभा सम्पन्न गरेको छ।समाजले दोस्रो पटक साधारण सभाको आयोजना गरेको हो ।

स्थापनाकालदेखि नै महिला हकहित र अधिकारका निम्ति उदारहणिय कार्य गर्दै आइरहेको समाजले हरेक कार्यलाई पारदर्शी  रुपमा सार्वजनिक गर्दै आइरहेको छ।

लिस्वनको एभरेस्ट क्याफेमा भएको कार्यक्रममा समाजले आर्थिक तथा सांगठनिक प्रतिवेदन सार्वजनिक गरी पारित  गरेको छ। लिस्वनस्थित अवैतानिक नेपाली महाबाणिज्यदूत मकर हमालको प्रमुख आतिथ्यतामा सो  कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि  हमाले महिला समाज पोर्चुगलको कार्यहरू  उदारणिय सराहनीय रहेको बताए । महिलाहरूको समस्या समाधानका निम्ति सम्पूर्ण महिलाहरु एकजुट हुनुपर्ने उनको भनाई थियो।

त्यस्तै  पोर्चुगलका विभिन्न नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधिले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

उल्लेख्य सहभागीतामा सम्पन्न कार्यक्रमको सभापतित्व समाजकी  अध्यक्ष माया खरेलले गरेकी थिइन् भने कार्यक्रमको संचालन महासचिव शान्ति अर्याल अधिकारीले गरेकी थिइन्।आगामी दिनमा पनि समाजले सक्रियतापूर्वक  रचनात्मक एवं  सृजनात्मक कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष खरेलले बताइन्।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित