सम्पर्क विहिन भई हराई रहेका सुजन सिलवालको खोजीका लागि एनआरएनए पोर्चुगलको आह्वान

सम्पर्क विहिन भई हराई रहेका सुजन सिलवालको खोजीका लागि एनआरएनए पोर्चुगलको आह्वान
तस्बिर : सम्पर्क विहिन भई हराई रहेका सुजन सिलवाल
www.europenepalikhabar.com २०७९ जेठ ९ गते सोमबार, 23-05-2022

 

लिस्बन । गत अप्रिल १५ देखि सम्पर्क विहिन भई पोर्चुगल मा हराई रहेका नुवाकोटका सुजन सिलवालको खोजीका लागि एनआरएनए पोर्चुगलको आह्वान गरेको छ । एनआरएनए पोर्चुगलको तर्फबाट अध्यक्ष रबिन अधिकारीले एक अपील प्रकाशित गर्दै सिलवालको खोजीका लागि नेपाली समुदायमा आह्वान गरेका हुन् ।

हेर्नुहोस्  अपील- 

हार्दिक अपिल !!!

बिगत अप्रिल १५ दिउँसो १ बजे देखि  सम्पर्क विहिन भई हराई रहेका नुवाकोट जिल्ला साबिक मदनपुर बेलकोटगढी नगरपालिका वडा नं. १२ का बिगत ७ बर्षदेखि पोर्चुगल बसोबास गर्ने सुजन सिलवालको हालसम्म पनि कुनै खबर तथा उनको बारेमा पत्ता लाग्न सकेको  छैन ।

हामीले प्रहरीमा उजुरीदेखि लिएर यहाँका हस्पिटलहरु लगायत विभिन्न शंकास्पद ठाउँहरुमा खोजि गर्दा समेत कुनै जानकारी तथा उनको पत्ता लाग्न नसकेको हुनाले  निज सिलवालको खोजि कार्य अझ प्रभावकारी रुपमा गर्न निजको फोटो सहितको ब्यानर ठाउँ ठाउँमा टाँसेर सहयोग गर्नको लागि पोर्तुगलका दाज़ु भाई तथा दीदीबहिनी र अन्य विभिन्न क्षेत्रीय / जातीय / राजनैतिक तथा संघ संस्थाका प्रतिनिधिहरुमा  हार्दिक अपिल गर्दछु ।

मिति २३ मे सोमवार २०२२ दिउँसो ठिक १ बजे मार्तिम मुनिज़ पार्कमा भेला भई निज सिलवालको खोजि गर्न सहयोग गर्नु हुन हार्दिक अपिल गर्दछु  ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित