एनआरएनएको विधान संशोधनको लागि तयारी सुरु

एनआरएनएको विधान संशोधनको लागि तयारी सुरु
www.europenepalikhabar.com २०७९ जेठ १० गते मंगलबार, 24-05-2022


गैरआवासीय नेपाली संघ (एनआरएनए) को विधान संशोधनको लागि आवश्यक तयारी सुरु गरिएको छ । संघको विधान समितिका संयोजक डा. हेम राज शर्माको अध्यक्षतामा सोमवार बसेको पहिलो बैठकले कार्यविधि तयार गरेको समितिको सदस्य सचिव गंगाधार गौतमले जानकारी दिए । 

बैठकले सङ्घको विधानमा सदस्यता वितरण, राष्ट्रिय महाधिवेशन, महाधिवेशन प्रतिनिधि चयन, अन्तर्राष्ट्रिय महाधिवेशन र निर्वाचन पद्धति लगायतका  विषयमा केन्द्रित रहेर कार्यविधि बनाउने निर्णय गरेको छ ।  बैठकमा सङ्घको १० औँ महाधिवेशनमा देखिएका चुनौती र विधान कार्यान्वयनमा देखिएका समस्याका बारेमा छलफल भएको थियो ।  

बैठकले आगामी एक हप्ताभित्र संघका अध्यक्षत्रय कुल आचार्य, रविना थापा र डा. बद्री केसी र महासचिवद्वय गौरी जोशी र डा. केशव पौडेललाई। समितिको बैठकमा छलफलको लागि बोलाउने निर्णय गरेको छ  ।  बैठकमा समितिका सदस्यहरू यासमिन वेगम सयैद, नारायण आचार्य, भूषण घिमिरे, नरेन्द्र भाट र महेश श्रेष्ठको उपस्थिति थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित