युरोपेली मुलुक साइप्रसमा एक नेपाली महिलाको उपचारका क्रममा दुखद निधन

युरोपेली मुलुक साइप्रसमा एक नेपाली महिलाको उपचारका क्रममा दुखद निधन
www.europenepalikhabar.com २०७९ जेठ १० गते मंगलबार, 24-05-2022


मई २४ मंगलबार आइयानापा, साइप्रस आएको मात्र ८ महिना नपुग्दै उपचारको क्रममा गत सोमबार बिहान ११ : ४० बजे निकोसिया स्थित जनरल हस्पिटलमा सुमिता तामाङको दुखद निधन हुन गएको नेपाली अबैतनिक राजदुताबास निकोसियाले मंगलबार बताएको छ । मृतक मष्तिस्क सम्बन्धी रोगबाट पिडित रहेको खुलेको छ ।

नेपालको रामेछाप जिल्ला नमाडी – ९ घर भएकी तामाङको मृत्यु पश्चात आउनु पर्ने रिपोर्ट प्राप्त नभइ सकेको र उनका बुवा नामगेल तामाङलाई मृत्युका सम्बन्धमा जानकारी गराइ सकिएको अबैतनिक राजदुत डा. रामजिवन पंजियारले जानकारी गराउनु भयो । मात्र २२ बर्षकी सुमिता तामाङ रोजगारको सिलसिलामा ८ महिना अघि लिमासोलमा आएकी थिइन् ।

मृतक प्रति अबैतनिक बाणिज्य दुताबास निकोसयाले गहिरो शोक ब्यक्त गरेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित