विदेशमा भएका नेपालीले पनि अब भोट हाल्न पाउने, यस्तो छ नीति तथा कार्यक्रमको घोषणा

विदेशमा भएका नेपालीले पनि अब भोट हाल्न पाउने, यस्तो छ नीति तथा कार्यक्रमको घोषणा
www.europenepalikhabar.com २०७९ जेठ १० गते मंगलबार, 24-05-2022


काठमाडौं । सरकारले विदेशमा रहेको नागरिकले समेत निर्वाचनमा सहभागी गराउने भएको छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन प्रणालीमा सूचना प्रविधिको प्रयोग गर्दै विदेशमा रहेका नागकिरलाई समेत निर्वाचनमा सहभागी गराउने बताएकी हुने ।

उनले निर्वाचन सम्बन्धी एकीकृत कानूनलाई परिमार्जन गर्दै आधुनिक सूचना प्रविधिको प्रयोग गरी प्रवासमा रहेका नेपालीलाई समेत निर्वाचनमा सहभागी गराउने बताएकी हुन् ।                         

नीति तथा कार्यक्रमको १४२ नम्बर बुँदामा भनिएको छ,  नेपालीको हकहित संरक्षण गर्ने र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने कार्यलाई प्रभावकारी बनाइने नीति लिइनेछ । कन्सुलर सेवालई सरल, सहज र पहुँचयोग्य तुल्याउन स्थानीय तहसँगको कार्यलाई थप विस्तार गरिनेछ । विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराइनेछ । गैरआवासीय नेपालीलाई डिजिटल परिचयपत्र जारी गरिने ।

नीति तथा कार्यक्रमको अन्त्यमा भनिएको छ– नेपालको विकासमा सहयोग पु-याउने छिमेकीलगायत सबै मित्रराष्ट्रहरु, विकास साझेदारहरु र गैरआवासीय नेपाली समुदायलाई पनि धन्यवाद दिन चाहन्छु ।

यस्तै, सरकारले निर्वाचन सम्बन्धी एकीकृत कानून तर्जुमा गर्दै आधुनिक सूचना प्रविधिको प्रयोग गरी प्रवासमा रहेका नेपालीहरुलाई समेत निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा समेटिएको छ ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले सरकारको पछिल्लो घोषणा स्वागत योग्य कदम भएको बताए । शर्माले प्रविधि मार्फत विदेशमा रहेका नेपालीलाई मताधिकार दिने घोषणा सरकारको निर्णय तत्काल कार्यन्वयनमा जानु पर्नेमा जोड दिए । उनले संघ नेपाल सरकारसंग समन्वयन गरेर अघि बढ्न तयार रहेको बताए ।

यसअघि तत्तकालि अध्यक्ष जीवा लामिछानेको कार्यकालमा संघले विदेशमा रहेका नेपालीहरुलाई कसरी मतदानमा जोड्न सकिन्छ भनेर लिखित रुपमा सुझाव दिएको थियो । शर्माले संघले १० वर्ष देखी उठाउदै आएको मागलाई सरकारले सम्बोधन गर्न खोजेकोमा प्रसन्नता प्रकट गरे ।

यस्तै सरकारले यही बर्खै अधिवेशनमा नागरिकता सम्बन्धी विधेयक पारीत गरि एनआरएनए नागरिकताको समेत सुश्चित गर्ने बताएको छ । संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रममा उल्लेख गर्दै भनिन्, ‘संसद्‌मा विचाराधीन नागरिकता विधेयकलाई सहमतिका आधारमा छिट्टै टुंगोमा पुर्‍याउन पहल गरिनेछ ।’

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित