पोर्चुगलमा अधिकारी अध्यक्ष र थापा महासचिव रहेको एनआरएनए मात्र आधिकारिक रहेको केन्द्रको निर्णय (सम्झौतापत्र सहित)

पोर्चुगलमा अधिकारी अध्यक्ष र थापा महासचिव रहेको एनआरएनए मात्र आधिकारिक रहेको केन्द्रको निर्णय (सम्झौतापत्र सहित)
www.europenepalikhabar.com २०७९ असार २४ गते शुक्रबार, 8-07-2022


गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद र एनआरएनए पोर्चुगल बीच सम्बन्धन सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  संघका केन्द्रीय महासचिव द्वय गौरीराज जोशी तथा डा. केशब पौडेल र एनआरएनए पोर्चुगलका अध्यक्ष रबिन अधिकारी  तथा महासचिव राजुकुमार थापा बीचमा भएको सम्झौतापछि पोर्चुगलमा संघको एकमात्र राष्ट्रिय समन्वय परिषदको अध्यक्षको हैसियतले रबिन अधिकारी र महासचिवको नाताले राजकुमार थापाले नेतृत्व गरेको मात्र पोर्चुगलमा आधिकारिक एनआरएनए भएको केन्द्रले पुष्टि गरेको छ ।

पोर्चुगलमा रहेका अध्यक्ष रबिन अधिकारी र हाल नेपाल भ्रमणमा रहेका महासचिव राजकुमार थापाले केन्द्रका महासचिवद्वय गौरीराज जोशी र डा. केशब पौडलसंग  हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर सम्पन्न भएपछि अध्यक्ष अधिकारीले भने "हामी निर्वाचित प्रक्रियाबाट नै आधिकारिक र मान्यता प्राप्त हौं, त्यसमा द्विविधा थिएन, केन्द्रले हामीसंग आधिकारिक सम्बन्धन सम्झौता गरेपछि यसमा झन् स्पष्ट भएको छ ।  एनआरएनए पोर्चुगलले आफ्नो काम अब झन् ससक्त रूपमा अगाडि बढाउँछ ।"  उनले भने, "हामी सबै पक्षलाई समेटेर अगाडि बढ्ने छौं, साथीहरूलाई  मिलाएर लानेछौं ।"

कार्यकारी अध्यक्ष  कुल आचार्य, अध्यक्ष रबिना थापा र अध्यक्ष डा. बद्री केसीले सम्झौता पत्रमा हस्ताक्षर गर्न  केन्द्रको तर्फबाट स्वीकृति दिएका थिए।

"हामी प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित भएर आएका हौं र आधिकारिक मान्यता प्राप्त थियौं, त्यसमा द्विविधा थिएन, केन्द्रले हामीसंग आधिकारिक सम्बन्धन सम्झौता गरेपछि यसलाई पुनः पुष्टि गरेको छ ।  एनआरएनए पोर्चुगलले नेपाली समुदायका लागि आफ्नो काम अब झन् ससक्त रूपमा अगाडि बढाउँछ ।" महासचिव राजकुमार थापाले सम्झौता पछि प्रतिक्रिया दिए । उनले भने, "हामी सबै पक्षलाई समेटेर अगाडि बढ्ने छौं, साथीहरूलाई  मिलाएर लानेछौं ।"

हेर्नुहोस् सम्झौता-पत्र जस्ताको तस्तै :

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित