आइसीसीले एनआरएनए पोर्चुगलसंग सहकार्य र साझेदारीमा काम गर्ने : महासचिव जानकी गुरुङ

आइसीसीले एनआरएनए पोर्चुगलसंग सहकार्य र साझेदारीमा काम गर्ने : महासचिव जानकी गुरुङ
www.europenepalikhabar.com २०७९ असार २७ गते सोमबार, 11-07-2022


लिस्वन । विनोद कुँवर नेतृत्वको एनआरएनए आसिसीकी महासचिव जानकी गुरुङले एक विज्ञप्ति जारी गरेकी छन् । इमेलमा प्राप्त विज्ञप्ति अनुसार : 

विज्ञप्ति

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगल (एनआरएनए एनसीसी) र गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) बीच सहकार्य साझेदारीमा काम गर्ने निर्णय भएको छ।

एनआरएनए एनसीसी पोर्चुगलले जुन २८, २०२२ मा बैठकको निर्णय अनुरुप गत मार्च २२-२५ सम्म होटल याक एण्ड यति काठमाण्डौमा सम्पन्न गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को १० औं महाधिवेशनबाट निर्वाचित बिनोद कुँवरको अध्यक्षतामा निर्वाचित नेतृत्व नै आधिकारिक भएको पत्र पठाएको थियो। सो पत्रसँगै सहकार्यमा काम गर्ने समेत जनाइएको छ।

स्मरणीय कुरा एनआरएनए एनसीसी पोर्चुगलको अगष्ट १, २०२१ मा सम्पन्न ८ औं महाधिवेशनबाट सोम फुरी शेर्पाको अध्यक्षतामा निर्वाचित कार्यसमितिले त्यहाँका केहि असन्तुष्ट पक्षलाइ पनि समेटेर लैजाने प्रयास गरेको थियो। त्यसै अनुरुप यो निर्णय आउने केहि ढिला भएको थियो। अब एनसीसी पुर्चुगलका साथै विश्वोका अरु थुप्रै एनसीसीहरुसँग साझेदारी संझौता र बाँकी देशमा तदर्थ समिति गठन हुने भएको छ।

अध्यावधिक एनसीसीहरुसँग सहकार्य गर्न र नयाँ तदर्थ समिति गठन गर्न अध्यक्ष बिनोद कुँवरको संयोजकत्वमा गठित कार्यदलले सो समितिलाइ धन्यवाद दिंदै सहकार्य-साझेदारीमा काम गर्ने निर्णय गरेको छ।

यस अवसरमा गैरआवासीय नेपाली संघ एनसीसी अध्यक्ष सोम फुरी शेर्पा र एनसीसी कार्य समितिलाइ हार्दिक धन्यवाद ज्ञापन गर्दै सफलता कार्यकालको लागि हार्दिक शुभकामना सहित धन्यवाद ज्ञापन गर्दछ।

धन्यवाद सहित;

जानकी गुरुङ

महासचिव

गैरआवासीय नेपाली संघ

जुलाई ११, २०२२ सोमबार (नेपाल समय)

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित