गैरआवासीय नेपाली संघको केन्द्रीय मिडिया समिति गठन, समाचार संयोजकमा चिरन शर्मा

गैरआवासीय नेपाली संघको केन्द्रीय मिडिया समिति  गठन, समाचार संयोजकमा चिरन शर्मा
www.europenepalikhabar.com २०७९ साउन २२ गते आइतबार, 7-08-2022


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको मिडिया समिति गठन भएको छ ।  प्रवक्ताद्धय शिव बरुवाल र सोमनाथ सापकोटाको संयोजकत्वमा गठित समितिको सहसंयोजकमा अष्ट्रीयाकी बाबा राजेश्वरी थापा, सदस्य सचिवमा चेकका डा. चिरञ्जीवी खड्का  र  समाचार संयोजकमा युकेका चिरन शर्मा मनोनित भएका छन् ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाका पूर्वअध्यक्ष समेत रहेका शर्मालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको मिडिया टाक्स फोर्स (सूचना तथा प्रकाशन कार्यदल) समितिले उनलाई सो जिम्मेवारी दिएको हो ।

गैरआवासीय नेपाली संघका प्रवक्ताद्धय तथा समितिका संयोजकहरु शिव वरुवाल र सोमनाथ सापकोटाले संघको विधान बमोजिम संयुक्त रुपमा सो समितिलाई आइतवार विस्तार गरेका हुन् । 

समितिको गैरआवासीय नेपाली संघलाई सूचना तथा प्रकाशन सम्बन्धी नीतिगत विषयमा सुझाव दिने र मुख्य कार्य रहने छ ।

प्रवक्ताद्धय बरुवाल र सापकोटाको संयोजकत्वमा रहेको सो समितिमा ४ जना सल्लाहकार र २५ जना सदस्यहरु रहेका छन् । समितिको सल्लाहकारमा भगिरथ योगी (यूके), दधि सापकोटा (फ्रान्स), हेमन्त काफ्ले (अष्ट्रेलिया) र नरेश खपांगीमगर (यूके) रहेका छन् ।

समितिमा १ दर्जन पत्रकारहरुलाई समाचार विज्ञको रुपमा समेटिएको छ ।

गैरआवासीय नेपाली संघका महासचिवद्धय गौरीराज जोशी र केशव पौडेलको विभाग अन्तर्रगत रहेको सो समितिलाई प्रवक्ताद्धयको सिफारिशमा उपमहासचिवद्धय रामशरण सिमखडा र  नारायण काफ्लेले अन्तिम रुप दिएको समितिका सदस्य सचिव डा. चिरनजिवी खड्काले जानकारी दिए ।

यस्तो छ एनआरएनए मिडिया समिति

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित