नेपाल जस्तै भुपरिबेष्ठित भएको लक्जेम्बर्ग कसरी भयो विश्वकै दोस्रो धनी देश ?

नेपाल जस्तै भुपरिबेष्ठित भएको लक्जेम्बर्ग कसरी भयो विश्वकै दोस्रो धनी देश ?
www.europenepalikhabar.com २०७९ साउन २६ गते बिहीबार, 11-08-2022


युरोप आफैमा सबैभन्दा समृद्ध महादेश । युरोपका अधिकांश देशहरु समृद्ध र विकसित छन्।युरोपका शासन ब्यबस्था,राजनितीमा इमान्दारीता,ती देशले जोगाएका आफ्ना ऐतिहासिक सम्पदा लगायत धेरै कुरा हामीले अनुसरण गर्न सक्छौं।

आउँनुस् आज हामी चर्चा गरौं विश्वको सबैभन्दा दोस्रो धनी देश युरोपको लक्जेम्बर्ग बारे।

लक्जेम्बर्ग नेपाल जस्तै भुपरिबेष्ठित देश हो।यो देशको सिमाना बेल्जियम,जर्मनी र फ्रान्स सँग जोडिएको छ।नेपाल जस्तै भुपरिबेष्ठित देश भएर पनि यो देशको विश्वमा आफ्नै सान छ किनकी यो देश धनी मानिहरु बस्ने देश हो। यो संवैधानिक राजतन्त्र भएको मुलुक हो ।

जम्मा ६ लाख ३८ हजार जनसंख्या भएको लक्जेम्बर्ग युरोपको सानो देश मध्येको एक हो।अपराधिक घटना लगभग शून्य रहेको यो देशमा जम्मा १६०० जना प्रहरी रहेका छन्।

देश र राजधानी दुबैको एउटै नाम भएको विश्वको एकमात्र देश हो लक्जेम्बर्ग।यो देश विश्वमा क्षेत्रफलको आधारमा १६७ नम्बरमा पर्छ भने जनसंख्याको आधारमा १६९ नम्बरमा पर्दछ।

लक्जेम्बर्ग देशको सबैभन्दा ठूलो शहर राजधानी लक्जेम्बर्ग हो।यो देशको आर्थिक र प्रशासनिक केन्द्र पनि हो।यो देशको सडक विश्वमै गुणस्तरीय सडकमा पर्छ भने ग्रामीण भेगका सडक समेत अन्तराष्ट्रिय मापदण्ड अनुसारका हाइवे जस्तै छन्।

विश्वमा सबैभन्दा ताजा,शुद्ध र स्वस्थ्य अनि मिसावटरहित खाना खाने देशमा लक्जेम्बर्ग पर्दछ।संयुक्त राष्ट्र संघको रिपोर्ट अनुसार विश्वमा सुरक्षित देश मध्येमा एक लक्जेम्बर्ग पनि हो।लक्जेम्बर्गका जेलहरु थ्रीस्टार होटल जस्तै सुविधा भएका छन्।

राजधानी लक्जेम्बर्गमा रहेको चिगेरी नामको रेष्टुरेण्टमा विश्वकै सबैभन्दा धेरै २२ सय किसिमका वाइनहरु पाईन्छ।साठी प्रतिशत जनसंख्या बाहिरबाट आएका मानिसहरुले ओगटेका छन्।जस्मा सबैभन्दा धेरै पोर्चुगिजहरु छन्।

विश्वको सबैभन्दा धेरै भोट दिने मानिस लक्जेम्बर्गका हुन्।पछिल्लो चुनाबमा नब्बे प्रतिशत जनसंख्याले भोट गरेका थिए।सन् १९२४ मै लक्जेम्बर्गमा टिभी रेडियो कम्पनी स्थापना भएको थियो।

पचहत्तर प्रतिशत भूभाग जंगलले ढाकिएको लक्जेम्बर्गको पच्चीस प्रतिशत भूभागमा मात्र मानिसहरु बस्ने गर्छन्।

विश्वमा सबैभन्दा महंगा र लक्जरियस कार चढ्ने देशका मानिसहरुको सूचीमा लक्जेम्बर्ग पहिलो नम्बरमा पर्दछ।

लक्जेम्बर्ग कसरी धनी भयो त ?

लक्जेम्बर्गको प्रतिव्यक्ति आय एक लाख १४ हजार ३६० अमेरिकी डलर हाराहारी छ । विश्वकै पहिलो धनी देश कतारको प्रतिव्यक्ति आय एक लाख २० हजार ८९० अमेरिकी डलर रहेको छ ।

स्वीट्जरल्याण्डपछि लक्जेम्बर्गलाई विश्वको वित्तीय राजधानी मानिन्छ । उदार कर व्यवस्थाका कारण विश्वका प्रमुख वित्तीय संस्थान र बैंकका केन्द्रीय कार्यालय लक्जेम्बर्गमै रहेका छन्।हालका दिनमा लक्जेम्बर्गको प्रमुख आयको स्रोत पनि यही नै हो ।

यसका अलावा लक्जेम्बर्गको स्टिल कम्पनी विश्वमै ठूलो कम्पनी मध्येमा पर्छ र विश्वको धेरै देशमा स्टील निर्यात गर्छ।साथै कृषिमा पूर्ण रुपमा आत्मनिर्भर छ।यहाँको कृषिले जिडिपीमा पाँच प्रतिशत योगदान दिन्छ।

संवैधानिक राजतन्त्रात्मक मुलुक लक्जम्बर्गमा नेपालका पूर्वराजा महेन्द्र, वीरेन्द्रका साथै पूर्व युवराज दीपेन्द्र शाह पटक–पटक घुमेको इतिहास पाइन्छ ।

सन् २०२० देखि लक्जेम्बर्गमा देशैभरी सार्वजानिक यातायात निशुल्क गरिएको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित