एनआरएन प्रथम राष्ट्रिय कराते प्रतियोगिता भदौ २४ र २५ गते काठमाडौमा

एनआरएन प्रथम राष्ट्रिय कराते प्रतियोगिता भदौ २४ र  २५  गते काठमाडौमा
www.europenepalikhabar.com २०७९ भदौ १ गते बुधबार, 17-08-2022


एनआरएन प्रथम राष्ट्रिय कराते प्रतियोगिता भदौ २४ र २५ गते आयोजना हुने भएको छ । कराते खेलको विकास, विस्तार गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सहभागिता वृद्धि गरी खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्न र उदयमान कराँते खेलाडी उत्पादन गर्दै वर्तमान खेलाडीलाई प्रतियोगिताको माध्यमबाट आफ्नो क्षमता प्रदर्शनमा हौसला प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

सातदोबाटो स्थित कराते हलमा संचालन हुने यस दुई दिने प्रतियोगितामा पुरुष तर्फ ५० केजी, ५५ (केजी, ६० केजी, ६७ केजी, ७५ केजी ८४ केजी र ८४ केजीभन्दा माथि तौल समुह, महिला तर्फ ४५ केजी, ५० केजी, ५३ केजी, ६१ केजी, ६८ केजी र ६८ केजीभन्दा माथि तौल समुह तौल समुह लगायत महिला तथा पुरुष एकल कांता, टिम कांता र टिम कुमुतेमा प्रतिष्पर्धा हुनेछ ।

नेपाल ईन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक र मेघा बैंक लगायतका निकायहरुको सहयोगमा आयोजना हुन लागेको यस प्रतियोगितामा बिभिन्न सात वटा प्रदेश, बिभागीय टिमहरु त्रिभुवन आर्मी क्लब, नेपाली प्रहरी, नेपाल एपिएफ र एनआरएनसहित ११ टिमका करिव ३ सय १० खेलाडीहरुले भाग लिने यस प्रतियोगितामा प्रत्येक वजन समुहमा प्रथम हुने खेलाडीलाई १५ द्वितीयलाई १० र तृतीय हुने २ जना खेलाडीलाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कारको साथै पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । महिला तथा पुरुषतर्फ सर्वश्रेष्ठ खेलाडी घोषित गरी पुरस्कृत गरिनेछ ।

प्रतियोगिता सुचारु रुपले संचालन गर्न गठन गरिएको बिभिन्न कमिटीहरुमा मुल आयोजक कमिटीमा हिमाल गुरुङ्ग, रोशन थापा र राज रेग्मी, सचिवालयमा धर्मराज गिरी, व्यवस्थापनमा जीवन सेन, प्राबिधिक र प्रचार प्रसारमा स्वयम्भुराज डंगोल, प्रतियोगिता संयोजकमा रबी शाही, समारोह तथा खेल व्यवस्थापनमा राजन खत्री, सुरक्षामा प्रबिणकाजी श्रेष्ठ, खाना तथा बसोवासमा सुर्य गिरी, स्वास्थ्यमा राजेश श्रेष्ठ र आर्थिक संयोजकमा राजु सिंह रहनु भएको छ ।

प्रतियोगिताको अनुमानित बजेट रकम ४१ लाख रुपैयाँ रहेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित