नारी समाज पोर्चुगलले २८ अगस्टमा रमाउँदै,नचाउँदै, दर खुवाउने, तीज भव्य मनाउने

नारी समाज पोर्चुगलले  २८ अगस्टमा रमाउँदै,नचाउँदै, दर खुवाउने, तीज भव्य मनाउने
www.europenepalikhabar.com २०७९ भदौ ३ गते शुक्रबार, 19-08-2022

 

लिस्बन, युरोपनेपाली खबर । पोर्चुगलमा रहेका नेपाली दिदिबहिनीहरुको साझा, सक्रिय र अग्रणी संस्था नेपाली नारी समाज पोर्चुगलले नेपाली महिला दिदीबहिनीको विशेष पर्व तीजको अवसरमा भव्य तीज कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।

आगामी २८ अगस्ट आइतबारका दिन पोर्चुगलको राजधानी लिस्बनको केन्द्रभाग मार्तिमुनिज पार्कमा विगत बर्ष झैं यसबर्ष पनि साँस्कृतिक प्रस्तुति सहित तीजको अवसरमा विशेष कार्यक्रम आयोजना गर्न लागिएको समाजकी महासचिव पुनम गौतमले बताइन् ।

नेपाली संस्कृति र चाडपर्वको जगेर्ना गर्न र परदेशी भूमिमा व्यस्त समयका बीचपनि महिला दिदिबहिनीहरुलाई नचाउने र रमाउने वातावरण सिर्जना गर्न पोर्चुगलमा रहेका नेपाली दिदिबहिनीहरुको "माइती" नेपाली नारी समाज, पोर्तुगलले तीज विशेष कार्यक्रमको आयोजना गर्ने जानकारी दिएको छ।


आगामी अगष्ट २८ तारिख आईतबार पोर्चुगलको राजधानी लिस्वनको मार्तिमुनिज पार्कमा विशिष्ट कलाकारहरुको साथमा तीज बिशेष बृहत कार्यक्रमको आयोजना गर्न लागिएकोले  पोर्चुगलस्थित सम्पूर्ण संघ -संस्था, संगठनका प्रतिनिधिहरु एवं समस्त नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थितिको लागि  समाजकी अध्यक्ष गिता रेउलेले अनुरोध गरेकी छन् । कार्यक्रम दिउँसो ३ बजेबाट सुरु हुने जानकारी गराईएको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित