माओवादी महासचिवमा गुरुङ, को को छन् अरु पदाधिकारी पदाधिकारीमा ? (सूचीसहित)

माओवादी महासचिवमा  गुरुङ, को को छन् अरु पदाधिकारी पदाधिकारीमा ? (सूचीसहित)
www.europenepalikhabar.com २०७९ भदौ ४ गते शनिबार, 20-08-2022


पोर्चुगल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीको प्रस्ताव राखेका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकमा उनले पदाधिकारीहरुको नाम प्रस्ताव गरेका हुन्, जसअनुसार महासचिवमा देव गुरुङ छन्

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा छन् भने उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेल छन् । यस्तै दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीलाई सचिव प्रस्ताव गरिएको छ ।

कोषाध्यक्षमा श्रीराम ढकालको नाम प्रस्ताव भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।        अध्यक्ष : पुष्पकमल दाहाल ‘प्रचण्ड’

वरिष्ठ उपाध्यक्ष : नारायणकाजी श्रेष्ठ ‘प्रकाश’

उपाध्यक्ष : कृष्णबहादुर महरा

महासचिव : देव गुरुङ

उपमहासचिव : वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव,हरिबोल गजुरेल

सचिव : दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की

कोषाध्यक्ष : श्रीराम ढकाल प्रशान्त                                                            

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित