एनआरएनए क्रिकेट टोली घोषणा, सुनम गौतम कप्तान

एनआरएनए क्रिकेट टोली घोषणा, सुनम गौतम कप्तान
www.europenepalikhabar.com २०७९ भदौ १९ गते आइतबार, 4-09-2022


नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गैरआवसीय नेपाली संघ (एनआरएनए) ले क्रिकेट टोली घोषणा गरेको छ । गैरआवसीय नेपाली संघ खेलकुद प्रतिष्ठानले आइतबार पत्रकार सम्मेलन गर्दै क्रिकेट टोलीको घोषणा गरेको हो ।एनआरएनले सुनम गौतमको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको छ ।खेलाडीहरूमा उपकप्तान पृथु बास्कोटा, सागर पुनले नेपाली राष्ट्रिय टिमसँग खेलिसकेको अनुभव पनि छ।यस्तै टिममा मनोज गुरुङ,किरण राना ,ज्योति भण्डारीले टिमको व्यवस्थापन र प्रशिक्षण जिम्मा पाएका छन् भने खेलाडीहरुमा सुनम गौतम (क्याप्टेन) पृथु बास्कोटा, नविन प्रधान, दिवस गिरी, दिनेश खरेल, रशिम कँडेल, सन्दीप अधिकारी, बासु गिरी, सुनिल श्रेष्ठ, दिपेन श्रेष्ठ, दिपक क्षेत्री, आशिस पोखरेल, गम बहादुर गुरुब र सागर पुन रहेका छन्।एनआरएनए टोलीको व्यवस्थापन जिम्मा स्वयम्भू राज डङ्गोलले पाएका छन्।

क्रिकेटमा भाग लिनको लागि अस्ट्रेलिया ,अमेरिका, युके र  न्युजिल्यान्डबाट खेलाडीहरू नेपाल आएका छन्। खेलाडीहरुलाई व्यवस्थापन र अभ्यासको लागि एनआरएनए स्पोर्टस् एकेडेमीले सहयोग गर्दै आएको छ।

नवौं राष्ट्रिय खेलकुद २८ असोज देखि ३ कार्तिकसम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ । पुरुष क्रिकेट भने २३ भदौबाट संचालन हुँदैछ । नवौं राष्ट्रिय खेलकुद र नेपाल टी–२० लिग एकै समयमा हुने भएकाले पुरुष क्रिकेट पहिले नै हुने भएको हो ।

गैर आवसिय नेपाली संघ सभाहलमा भएको पत्रकार सम्मेलनमा गैर आवसीय नेपाली संघका अध्यक्ष कुल आचार्य प्रवक्ता सोम सापकोटा गैरआवसीय नेपाली संघ युरोप संयोजक सन्तोष भट्टराई लगायतको उपस्थिति रहेको थियो।

प्रवक्ता सापकोटाले विश्वमा छरिएका नेपालीहरूलाई एकिकृत गरि भावनात्मक रुपमा नेपालसँग जोड्ने मुख्य पुल भनेकै खेलकुद हो र उक्त अवसर दिलाउन सफल एनआरएनए स्पोर्टस् एकेडेमीको भूमिका प्रति मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो।त्यस्तै अध्यक्ष कुल आचार्यले एनआरएनए  क्रिकेट टिमलाई जर्सी, ट्रयाक सुट  प्रदान गरेका थिए त्यस्तै खेलाडीको हौसला, प्रोत्साहनको साथै जितको शुभकामना पनि दिएका थिए।

नवौं राष्ट्रिय खेलकुदको संयोजक जीवन सेनले खेलाडीहरूको आत्मविश्वास र विदेशको अभ्यास खेल र  अनुभवले यसपाली मेडल जित्नेमा विश्वस्त रहेको बताए।

गैरआवसीय नेपाली संघ खेलकुद प्रतिष्ठानका सदस्यसचिव धर्मराज गिरीले स्थापनाकालदेखि नै एनआरएनए खेलकुद प्रतिष्ठानले खेलकुद आयोजना गर्दै आएको  र खेलकुदको माध्यम बाट दोस्रो पिढीका गैरआवासीय नेपालीहरु नेपालप्रति आकर्षित गर्न उल्लेखनीय भूमिका खेलेको बताउनुभयो।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित