प्रवासी नेपाली मञ्च बेलायतको अध्यक्षमा तुङ्गभद्र भुषाल चयन, यस्तो बन्यो कार्यसमिति

प्रवासी नेपाली मञ्च बेलायतको अध्यक्षमा तुङ्गभद्र भुषाल चयन, यस्तो बन्यो कार्यसमिति
www.europenepalikhabar.com २०७९ भदौ १९ गते आइतबार, 4-09-2022

नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च यूकेमा नयाँ नेतृत्व चुनिएको छ

आइतबार अल्डरसटमा सम्पन्न मञ्चको सातौँ अधिवेशनले तुंगभद्र भुसालको नेतृत्वमा सर्वासम्मत् नयाँ कमिटी निर्वाचित गरेको छ।

भुसाल यसअघिको कमिटीमा वरिष्ठ उपाध्यक्ष थिए भने त्यसअघि मञ्चमा उनले महासचिव, प्रचार विभाग प्रमुख लगायतका जिम्मेवारी सम्हालेका थिए।

दुई वर्षे कार्यकालका लागि निर्वाचित मञ्चको नयाँ कमिटीमा उपाध्यक्षमा सुरेशजंग शाह, कृष्ण भण्डारी र डा. मुकुन्द बास्तोला, सचिवमा पुण्य रेग्मी र उपसचिवमा गोविन्द सापकोटा, कल्पना आङबुहाङ र लिलामान शेरपुञ्जा छन्।  

सदस्यहरुमा बालकृष्ण भुसाल (नर्थ वेष्ट), दिवाकर पाण्डे (स्कटल्याण्ड), मकुन्द खराल (मिडल्याण्ड), तारानाथ भण्डारी (मिडल्याण्ड) केदार थपलिया (साउथ इष्ट), प्रकाश कंडेल (साउथ इष्ट),अर्जुन चापागाई (नर्थ वेष्ट), विदुर खत्री (स्कटल्याण्ड), केशरी क्षेत्री (मिडल्याण्ड), जयाराम कंडेल (मिडल्याण्ड), वसन्त नेपाल (नर्थ वेष्ट), गंगा बहादुर क्षेत्री (नर्थवेष्ट), शक्ति घिमिरे ( साउथ इष्ट), सुदेशा बजगाईं (साउथ इष्ट), श्याम लुईंटेल (साउथ इष्ट), टोप ब राउत ‘रुपेश’ (स्विण्डन), लेखनाथ खरेल (साउथ इष्ट) र तिलक भट्टराई  (साउथ इष्ट) छन्। 

नवनिर्वाचित कमिटीका पदाधिकारीले पार्टीका प्रवास इन्चार्ज राजन भट्टराईबाट शपथ ग्रहण गरेका थिए।

नयाँ कमिटी चयनको लागि अधिवेशनको दोस्रो सत्रमा  ग्लोबल कमिटी अध्यक्ष भक्त गुरुङको अध्यक्षतामा अध्यक्षमण्डल गठन गरिएको थियो। जसमा कर्ण शाही, गोविन्द पौडेल, सञ्जय थापा, आकलजंग लामा, दिनेश घिमिरे, रामशरण सिम्खडा, विनोद ज्ञवाली, कल्पना त्रिपाठी सदस्य थिए। अध्यक्षमन्डलबाट कर्ण शाहीको संयोजकत्वमा गोविन्द पौडेल, विनोद ज्ञवाली र कल्पना त्रिपाठी सदस्य रहेको निर्वाचन समिति बनाइएको थियो।  

मञ्चको नयाँ कमिटीको अध्यक्ष पदमा शुरुमा अन्य केही आकांक्षीहरु पनि देखिएपनि अन्तत: सहमति निर्माण गरी सर्वसम्मति बनाइएको हो।

अधिवेशनलाई प्रमुख अतिथिको रुपमा नेकपा एमालेका प्रवास इञ्चार्ज राजन भट्टराईले उद्घाटन गरेका थिए। 

सम्बोधनका क्रममा उनले आसन्न निर्वाचनमा पार्टीको पक्षमा माहोल बनाउने कार्यमा एकजुट भएर लाग्न प्रवासस्थित सबै कार्यकर्तालाई आव्हान गरे।  

सो अवसरमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, एमाले केन्द्रीय सदस्य तारा राई, मञ्चको ग्लोबल कमिटी अध्यक्ष भक्त गुरुङ, सदस्य कर्णबहादुर शाही र प्रमुख सल्लाहकार सञ्जय थापा, युरोप कमिटी अध्यक्ष गोविन्द पौडेल, संस्थापक अध्यक्ष आकलजंग लामा, जनप्रगतिशिल मञ्च यूके अध्यक्ष मानबहादुर गुरुङ लगायतले पनि शुभकामना मन्तव्य दिएका थिए।

अधिवेशनको पहिलो सत्र अध्यक्ष सुरेन्द्र थपलियाको अध्यक्षतामा सम्पन्न भएको थियो।  

महासचिव सुरेशजंग शाहले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सरस्वती केसीले स्वागत मन्तव्य तथा अर्का वरिष्ठ उपाध्यक्ष तुंगभद्र भुसालले धन्यवाद मन्तव्य दिएका थिए।

को हुन् नवनिर्वाचित अध्यक्ष भुसाल ?

अध्यक्ष निर्वाचित भुसालसँग तीन दशक लामो राजनीतिक अनुभव छ। विधार्थी बेलादेखि नै राजनीतिमा सक्रिय उनले विसं २०४४ देखि २०४९ सम्म अनेरास्वियू पाल्पा जिल्ला कमिटिको सचिव र अध्यक्षको रुपमा जिम्मेवारी सम्हालेका थिए। त्यसपछि उनले अनेरास्वियूको लुम्बिनी अञ्चल कमिटीमा पनि सचिव र अध्यक्षको भूमिका निर्वाह गरे। 

२०४६ मा नेकपा एमालेको पार्टी सदस्यता लिएर आन्दोलनमा सक्रिय बन्ने क्रममा भुषाल ६ महिना जेल समेत परेका थिए। नेकपा एमालेको पाल्पा नगर कमिटी सदस्य, प्ररायुसंघको केन्द्रीय प्रचार विभाग सदस्य लगायतका पार्टी जिम्मेवारी पनि उनले सम्हाले।  

बेलायत आएपछि  सन् २००७-२००९ मा तत्कालिन  लोकतान्त्रिक मञ्चको सदस्य बनेका भुसालले पछि मञ्चको प्रचार विभाग प्रमुख र महासचिवका रुपमा एकएक कार्यकाल काम गरेका थिए।मञ्चको निवर्तमान कमिटीमा वरिष्ठ उपाध्यक्ष रहेका उनी संगठन विभागका प्रमुख समेत थिए।

नयाँ नेतृत्वको लागि अध्यक्षको लागि सरस्वती केसी, तुङग भुषाल,  सरस्वती केसी र सुरेन्द्र थपलियाबीच प्रतिस्पर्धा हुने अपेक्षा गरिएको थियो तर केसी र थपलियाले अन्तिम समयमा आएर आफ्नो दावेदारी फिर्ता लिएपछि भुषाल सर्वसम्मत भएका हुन् ।

यस्तो छ नयाँ कार्यसमिति:-

अध्यक्ष

तुङ्गभद्र भुसाल

उपाध्यक्ष:

सुरेशजंग शाह

कृष्ण भण्डारी

डा. मुकुन्द बास्तोला

सचिव

पुण्य रेग्मी

उप-सचिव

गोबिन्द सापकोटा

कल्पना आङ्बुहाङ्ग

लिलामान शेरपुन्जा 

सदस्यहरु

1. बालककृष्ण भुसाल (नर्थवेष्ट)

2. दीवाकर पान्डे(स्कटल्याण्ड)

3. मकुन्द खराल (मिडल्याण्ड)

4. तारानाथ भण्डारी (मिडल्याण्ड )

5. केदार थपलिया (साउथ ईष्ट)

6. अर्जुन चापागाई (नर्थवेष्ट)

7. बिदुर खत्री (स्कटल्याण्ड)

8. केशरी क्षेत्री (मिडल्याण्ड)

9. जयाराम कंडेल (मिडल्याण्ड)

10. बसन्त नेपाल (नर्थवेष्ट)

11. गंगा बहादुर क्षेत्री (नर्थवेष्ट)

12. शक्ती घिमिरे (साउथ ईष्ट)

13. सुदेसा बजगाइ (साउथ ईष्ट)

14. श्याम लुईटेल (साउथ ईष्ट)

15. टोप ब राउत (रुपेस) (स्वीण्डन)

16. लेखनाथ खरेल (साउथ ईष्ट)

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित