बाग्लुङ्ग समाज पाेर्चुगलाई भलिवल प्रतियाेगिताकाे उपाधि, आयाेजक माेना निलाे उपविजेता

बाग्लुङ्ग समाज पाेर्चुगलाई भलिवल प्रतियाेगिताकाे उपाधि, आयाेजक माेना निलाे उपविजेता
www.europenepalikhabar.com २०७९ भदौ २० गते सोमबार, 5-09-2022


युरोपनेपाली खबर, लिस्बन – म्याग्दी प्रवासी नेपाली संघ (माेना) पाेर्चुगलले आयाेजना गरेकाे भलिवल प्रतियाेगिताकाे उपाधि बाग्लुङ समाज पाेर्चुगलले जितेकाे छ ।

लिस्वनमा आयाेजित प्रतियाेगिताकाे फाईनलमा आयाेजक माेना निलाेलाई ३-० काे साेझाे सेटमा पराजित गर्दै उपाधि जितेकाे हाे । निकै प्रतिष्पर्धात्मक खेलमा बाग्लुङ्ग समाजले आयाेजक माेनालाई २७-२५, २५-२३ र २५-२३ मा लगातार तीन सेट जितेर उपाधि आफ्नाे पाेल्टामा पारेकाे हाे । उपाधि संगै समाजले ट्रफि र नगद दुई हजार युराे समेत प्राप्त गर्याे । त्यसैगरी दाेश्राे स्थान प्राप्त गरेकाे माेनाले नगद एक हजार दुई सय युराे प्राप्त गर्याे ।

यस अघि सेमीफाईनलमा बाग्लुङ्ग समाजले मगर समाज एसाेसियसन (सेताे) पाेर्चुगललाई ३-० काे साेझाे सेटमा पराजित गरि फाईनलमा प्रवेश गरेकाे थियाे । त्यसैगरी आयाेजक माेना निलाेले साउताेतेनियाे टिमलाई ३-२ ले पराजित गरि फाईनलमा प्रवेश गरेकाे थियाे । २-० ले पछि परेकाे अवस्थालाई उल्ट्याउँदै लगातार तीन सेट जितेर माेनाले खेल आफ्नाे पक्षमा पारेकाे थियाे ।

प्रतियाेगितामा बाग्लुङ्ग समाजका बादल हमाल, आशिक परियार तथा सपु थापा मगर क्रमशः उत्कृष्ट सटर, उत्कृष्ट ब्लकर तथा उत्कृष्ट खेलाडी घाेषित भए । उनीहरुले एक-एक सेट बल प्राप्त गरे ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित