संखुवासभा एमालेद्धारा संघीय संसदको उम्मेदवारका लागि ६ जनाको नाम सिफारिस

संखुवासभा एमालेद्धारा संघीय संसदको उम्मेदवारका लागि ६ जनाको नाम सिफारिस
www.europenepalikhabar.com २०७९ भदौ २२ गते बुधबार, 7-09-2022


आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि संखुवासभा नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्यका लागि नामहरु सिफरिस गरेको छ । एमाले जिल्ला कमिटी संखुवासभाको मंगलबार बसेको बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ  ६ जना नाम सिफारिस गरेको हो ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ स्थायी कमिटी सदस्य तथा संघीय सांसद राजेन्द्रप्रसाद गौतम, अमेरिकाका लागि पूर्व राजदुत डा. अर्जुन कार्की, प्रदेश १ का अध्यक्ष तुलसी न्यौपाने,शेरबहादुर कार्की,छत्रजंग बहादुर कार्की र लेखनाथ बुढाथोकी गरी ६ जनाको जनाको नाम सिफारिस गरेको नेकपा एमाले सङ्खुवासभाका अध्यक्ष जीतबहादुर घिमिरेले जानकारी दिए । मंगलबार बैठकमा सहमति जुट्न नसकेपछि ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको एमालेले जनाएको छ । स्थायी कमिटी सदस्य गौतम तेस्रो पटक चुनाव लड्न सिफारिसमा परेका हुन् । प्रतिनिधिसभामा सिफारिस भएका डा. कार्की अमेरिकाको राजदुत रही सकेका छन् ।  त्यस्तै न्यौपाने नेकपा एमाले प्रदेश १ का अध्यक्ष र प्रदेशसभा सदस्य हुन् । प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ गोमादेवी कटुवाल,चन्द्र बहादुर भारती, प्रेम शाक्य, भीम बहादुर लिंखा, वाङदावी भोटे र श्यामसुन्दर शेर्पाको नाम सिफारिस भएको छ । संखुवासभामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा क्षेत्र रहेका छन् ।

त्यसैगरी प्रदेशसभा ‘क’ प्रत्यक्षतर्फ भविश्वर गुरुङलाई सर्वसम्मत सिफारिस गरेको छ । प्रदेशसभा ‘ख’ मा प्रत्यक्षतर्फ विदुर सुब्बा लिङ्थेप,भरत कुमार खत्री र धनसिंह जिमीको नाम सिफरिस गरेको नेकपा एमाले संखुवासभाले जनाएको छ । प्रदेशसभा समानुपातिक तर्फ २६ जनाको नाम सिफारिस गरेको एमालेले जनाएको छ । ०७४ को निर्वाचनमा संघ र प्रदेशसभा ‘ख’ एमालेले जितेको थियो । भने प्रदेशसभा ‘क’ मा माओवादी केन्द्रका उम्मेदवारले जितेका थिए । जिल्ला निर्वाचन कार्यालयमा अनुसार संखुवासभामा १ लाख १७ हजार ७ सय ३१ जना मतदाता रहेका छन् ।


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित