संखुवासभा काँग्रेसका लोकप्रिय युवा नेता रामकुमार थापा प्रदेशसभा उम्मेदवारमा सिफारिस, को हुन् थापा ?

संखुवासभा काँग्रेसका लोकप्रिय युवा नेता रामकुमार थापा प्रदेशसभा उम्मेदवारमा सिफारिस, को हुन् थापा ?
www.europenepalikhabar.com २०७९ भदौ २२ गते बुधबार, 7-09-2022


नेपाली काँग्रेसको राजनीतिमा अहिले युवाहरुको बर्चस्व र हस्तक्षेप बढ्दै गएको छ । काँग्रेसको गत चौधौं महाधिवेशनमा युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा भारी बहुमतले विजयी भएका थिए । मंसीर ४ गते हुने यसपटकको आम निर्वाचनमा पनि देशभरिबाट प्रदेश र केन्द्रका लागि  ४० बर्ष हाराहारी र मुनिका युवा नेताहरु उम्मेदवारको रूपमा उल्लेख मात्रामा सिफारिस भएको देखिएको छ ।

यसैबीच प्रदेश नम्बर १ को संखुवासभा जिल्लाबाट पनि प्रदेशसभा सदस्य (क) का लागि काँग्रेसका जल्दाबल्दा युवा नेता रामकुमार थापा सिफारिस भएका छन् । काँग्रेस कार्यकर्ता उत्पादनको सबैभन्दा उर्वर थलो नेविसंघबाट आफ्नो राजनैतिक जीवन सुरु गरेका थापा अहिले नेपाली काँग्रेस प्रदेश नं. १ प्रदेस तथा कार्यसम्पादन समिति सदस्य रहेका छन् ।

संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा नं. १० स्थित जनता मा. वि. चन्दनपुरको नेविसंघ इकाई अध्यक्षको जिम्मेवारीबाट राजनीतिमा होमिएका थापाले नेपाल विद्यार्थी संघ संखुवासभाको जिल्ला सदस्य, नेविसंघ केन्द्रीय महाधिवेशन प्रतिनिधिका साथै अध्ययनको सिलसिलामा काठमाडौमा रहँदा आर. आर. क्याम्पस स्ववियु सचिवमा नेविसंघको तर्फबाट उम्मेदवार भइ अखिलको गढ मानिएको क्याम्पसमा प्रतिस्पर्धामा कडा चुनौती खडा गरेका थिए ।

काठमाडौको पशुपति क्याम्पसबाट स्नातकोत्तर गरेका थापाले नेविसंघपछि आफुलाइ केही समय नेपाली काँग्रेसको अर्को भातृसंस्था नेपाल तरुण दलमा पनि सक्रिय बनाए । उनले तरुण दल संखुवासभा सभाको जिल्ला सदस्य र केन्द्रीय विभागमा पनि काम गरिसकेका छन् ।

नेपाली काँग्रेसको तत्कालीन सित्तलपाटी गाविसको गाउँ कार्यसमितिको सचिव, संखुवासभा जिल्ला कार्यसमितिको सदस्य, संखुवासभा काठमाडौ सम्पर्क समितिको सचिव, उपाध्यक्ष हुँदै केन्द्रीय नीति  तथा अनुसन्धान, प्रशिक्षण प्रतिष्ठान, संघीयता तथा स्थानीय विकास बिषयगत समितिको सदस्य, गरिबसंग विशेश्वर कार्यक्रम संखुवासभा जिल्लाको जिल्ला संयोजकको जिम्मेवारी समेत कुशलतापूर्वक पूरा गरिसकेका छन् । उनी गत स्थानीय निर्वाचनमा काँग्रेस प्रदेश समितिबाट तेह्रथुम जिल्लाको लागि पार्टी प्रतिनिधि तोकिएका थिए भने प्रदेश निर्वाचनको लागि ईलाम जिल्लामा प्रदेश प्रतिनिधिको जिम्मेवारी सफलतापूर्वक पूरा गरेर संखुवासभा फर्किएका छन् ।

अहिले नेपाली काँग्रेस प्रदेश नं. १ प्रदेस तथा कार्यसम्पादन समिति सदस्य रहेका थापा गत स्थानीय  निर्वाचनमा खाँदबारी नपाको मेयरमा काँग्रेसको तर्फबाट प्रमुख दावेदार थिए । सहमतिमा मेयरको दावी छोडेर  उनी काँग्रेस उम्मेदवारहरुलाई जिताउन जिल्लामा दिलोज्यान दिएर खटेका थिए । उनको त्यही सहमति र सक्रियताले अहिले प्रदेशसभा सदस्यमा दावी ससक्त देखिएको हो । 

२५ बर्षदेखि काँग्रेस राजनीतिमा सक्रिय थापा कुशल वक्ता र संखुवासभाली युवाहरु बीच लोकप्रिय छन् । काँग्रेसका हरेक आन्दोलन र अभियानमा सक्रियतापूर्वक अगुवाइ गर्दै आएका थापाले २०६२-६३ को जनआन्दोलनमा समेत नेतृत्वदायी भूमिका खेलेका थिए । उनी केन्द्रीय नेताहरुसंग पनि राम्रो पहुँच स्थापित गरेका युवा हुन् । संखुवासभामा एउटा राम्रो सम्भावना बोकेका थापाको प्रदेशसभा सदस्यको लागि उम्मेदवार सिफारिसलाई काँग्रेसजन र संखुवासभाली जनताले अब युवाहरुको पालो र युवाले केही गर्छन् भन्ने उर्जा र उत्साह मिलेको पाइन्छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित