प्रथम एनआरएनए राष्ट्रिय कराते च्याम्पियनसीप भव्यताका साथ सुरु

प्रथम एनआरएनए राष्ट्रिय कराते च्याम्पियनसीप भव्यताका साथ सुरु
२०७९ भदौ २४ गते शुक्रबार, 9-09-2022


काठमाडौं- गैर आवासीय नेपाली संघ ‘एनआरएनए’को खेलकुद टास्क एनआरएनए स्पोर्टस् एकेडेमीद्वारा भाद्र २४ र २५ गते आयोजना हुने प्रथम एनआरएनए राष्ट्रिय कराते च्याम्पयनसीप २०२२ प्रतियोगिताको अपौचारीक रुपमा सुरु भएको छ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ,राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टन्क लाल घिसिङ, बिपी प्रतिष्ठानका उपाध्यक्ष एबं विदेश विभाग प्रमुख दिनेश राई, एनआरएनए कार्यकारी अध्यक्ष कुल आचार्य, एनआरएनए अध्यक्ष रविना थापा, उपाध्यक्ष डी बि क्षेत्री, सचिव प्रविण गुरुङ , एनआरएनए नवौं राष्ट्रिय खेलकुदका संयोजक तथा एनआरएनए मध्यपुर्व संयोजक मनोज कुमार गोर्खाली , युरोप संयोजक सन्तोष भट्टराई , एनआरएनए एशिया प्यासिफिक सदस्य सचिव प्रदीप न्यौपाने लगायत एनआरएनए अभियन्ताहरुले उद्घाटन गरेका थिए।

एनआरएनए सदस्य सचिव धर्मराज गिरीले प्रथम एनआरएनए कराते प्रतियोगिता लाई सफल बनाउन भौतिक आर्थिक रुपमा सहयोग गर्ने दाता, राष्ट्रिय खेलकुद परिषद्, प्रतियोगीता सफल बनाउन अहोरात्र खटिएका एनआरएनए स्पोर्टस एकेडेमीका टीम , प्रतियोगितामा सहभागीता जनाउने एनआरएनए टीम, प्रदेश , विभागीय टिम, सञ्चारकर्मी लाई धन्यबाद दिएका थिए।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टन्क लाल घिसिङले एनआरएनएले खेलकुद प्रति दिएको सदासयता, विदेशमा रहेका नेपालीहरुको प्रतिभा खेलकुदको माध्यमबाट नेपाल संग जोड्ने भूमिका प्रति मुक्तकण्ठले प्रशंसा गरेका छन्।

माननिय युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले एनआरएनएले प्रथम कराते प्रतियोगिता सञ्चालन गरी नेपाल भित्र र नेपाल बाहिर रहेका नेपालीलाई एकठाउँमा जोड्ने प्रयास गरेकोमा धन्यबाद दिएका थिए। गैर आवासीय नेपालीलाई संविधानको मर्म अनुशार आर्थिक , सामाजिक र नागरिकता कानुनी संशोधन गरिसकेको र सम्माननीय राष्ट्रपतिद्वारा प्रमाणित गर्न बाँकी रहेको बताए ।त्यस्तै एनआरएनए अध्यक्ष रविना थापाले एनआरएनले नेपालको खेलकुदको विकासको लागि सधैं तयार रहेको बताए।

यस्तै गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले नेपाल नेपाल भित्र मात्रै सिमित नभई संसारभर फैलिसकेको र संसारभर रहेका नेपालीहरू एकताबद्ध बनाउन खेलकुद माध्यम प्रमुख माध्यम भएकाले गैर आवासीय नेपाली संघ सदैव साथ समर्थन रहने प्रतिबद्धता जनाए ।

त्यस्तै प्रदेशबाट सहभागी जनाएका , विभागिय टीम नेपाल आर्मी, नेपाल प्रहरी , ससस्त्र प्रहरी, गैर आवासीय नेपाली टीम ,एनआरएनए स्पोर्टस् एकेडेमीका टिमलाई धन्यबाद साथै प्रतियोगिताको सफलताको शुभकामना दिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित