नवौं राष्ट्रिय खेलकुद : एनआरएनको क्रिकेटमा विजयी सुरुवात

नवौं राष्ट्रिय खेलकुद :  एनआरएनको क्रिकेटमा विजयी सुरुवात
www.europenepalikhabar.com २०७९ भदौ २४ गते शुक्रबार, 9-09-2022


नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको उद्घाटन खेलमा गैर आवासीय नेपाली (एनआरएनए) ले विजयी सुरुवात गरेको छ । एनआरएनएले सुदूरपश्चिम प्रदेशलाई १२ रनले पराजित गरेको हो ।

वर्षाका कारण ६ ओभरमा घटाइएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको एनआरएनएले निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ७४ रन बनायो । टियु क्रिकेट मैदानमा ४ वर्षपछि फर्किएका सागर पुन १९ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४६ रनमा अविजित रहे । सागरले २०१८ पछि पहिलो पटक घरेलु क्रिकेट खेलेका हुन् ।

कप्तान सुनाम गौतमले ११ बलमा ३ चौका र १ छक्कासहित २४ रनमा आउट भए । सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्लले दुई दुई विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ६ ओभरमा ६ विकेट गुमाउँदै ६२ रन जोड्यो । ओपनर खडक बोहोराले १२, राजु रिजालले ११ तथा वसन्त खत्रीले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आक्रामक सट खेल्ने धुनमा लगातार विकेट गुमाएपछि सुदूरपश्चिम पराजित भएको थियो । एनआरएनएका लागि आशिष पोखरेल र दीपक क्षेत्रीले ३-३ विकेट लिए ।

सुदूरपश्चिमको प्लेइङ ११ :

राजु रिजाल (कप्तान), खड्क बोहरा, नारायण जोशी, हेमन्त धामी, शेर मल्ल, बसन्त कार्की, अनिल थापा, लोकेन्द्र चन्द्र, भोजराज भट्ट, वसन्त खत्री र नरेन्द्र साउद ।

एनआरएनको प्लेइङ ११ :

सुनाम गौतम, गम बहादुर गुरुङ, दीनेश खरेल, आशिष पोखरेल, सुनिल श्रेष्ठ, सागर पुन, बासु गिरी, दीपक क्षेत्री, रासिम कंडेल, दिवास गिरी, दीनेश श्रेष्ठ (विकेटकिपर)

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित