एमालेद्वारा खाँदवारी-४ मा कार्यकर्ता अभिमुखिकरण तथा संगठन सुदृढिकरण प्रशिक्षण

एमालेद्वारा खाँदवारी-४ मा कार्यकर्ता अभिमुखिकरण तथा संगठन सुदृढिकरण प्रशिक्षण
www.europenepalikhabar.com २०७९ भदौ २४ गते शुक्रबार, 9-09-2022


२४ भदौ । नेकपा एमाले संखुवासभाले चुनाव केन्द्रित कार्यकर्ता अभिमुखिकरण तथा संगठन सुदृढिकरण कार्यक्रमलाई तीब्रता दिएको छ । आज एमाले संखुवासभा अध्यक्ष जीतबहादुर घिमिरेको प्रमुख आतिथ्यता एवं संखुवासभा प्रदेश "क" बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका अधिवक्ता भविश्वर गुरुङको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा ४ नम्बर वडा कमिटी अध्यक्ष टंकबहादुर राईको संयोजकत्वमा ३५ सदस्यीय संगठन सुदृढीकरण तथा चुनावी अभियान कमिटी समेत निर्माण भएको छ । उक्त कार्यक्रममा अतिथि वक्ताहरुले संखुवासभाको संघीय संसद सदस्य र प्रदेश सभाका दुईवटै क्षेत्रमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताएका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित