मिलेर अगाडि बढ्दै एनआरएनएनलाई बलियो बनाउनुको विकल्प छैन :संस्थापक अध्यक्ष डा. महतो

मिलेर अगाडि बढ्दै एनआरएनएनलाई बलियो बनाउनुको विकल्प छैन :संस्थापक अध्यक्ष डा. महतो
www.europenepalikhabar.com २०७९ भदौ २६ गते आइतबार, 11-09-2022


पोर्चुगल । गैरआवासीय नेपाली संघ एनआरएनए संस्थापक डा. उपेन्द्र महतोले देशको समृद्धिका लागि मिलेर अघि बढ्न विदेशमा बस्ने नेपालीलाई आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघको एनआरएनए एकेडेमीद्वारा आइतवार आयोजित आर्थिक पारदर्शिता र व्यवस्थापनसम्बन्धी एक भर्रचुअल अन्तरक्रियालाई सम्बोधन गर्दै देश समृद्ध नभएसम्म व्यक्तिगत सफलताको मात्र कुनै अर्थ नहुने बताए । उनले अहिले विश्वले पुँजीलाई भन्दा ज्ञान, सिप, परम्परा, संस्कार र अनुभवलाई ठूलो महत्व दिन थालेको बताए ।

डा. महतोले विदेशमा संघर्ष गरेर केही हदसम्म नेपालीहरु स्थापित हुनसकेकोका खुशी व्यक्त गर्दै विदेशमा सिकेको ज्ञान सिप अनुभव देशमा लगाउन आग्रह गरे ।

डा. महतोले विदेशमा सिकेको ज्ञान र सिपले देशमा पुँजी निम्त्याउने मदत गर्ने बताए । उनले नेपाललाई आर्थिक समृद्धि मात्र होइन बौद्धिक, धार्मिक, संस्कृति रुपमा पनि समृद्धि बनाउन लाग्नु पर्नेमा जोड दिए ।

डा. महतोले नेपालको समृद्धि हाम्रैपालामा भन्ने भावना राखेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले देशको समृद्धिको लागि काम गर्न चुनौतीपूर्ण भए पनि यसलाई अवसरको रुपमा लिनु पर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले संघको अभियानको स्थापनानै देशमा ज्ञान, सिप र अनुभवलाई देशमा भित्र्याउने उद्देश्यले भएको स्मरण गर्दै नेपालको समृद्धिको लागि काम गर्न गम्भीर भएर लाग्न आग्रह गरे ।

डा. शर्माले पुँजी जस्तो ज्ञान, सिप र अनुभवलाई नेपालमा सिधैं परिचालन गर्न सजिलो नभएको बताए। गैरआवासीय नेपालीहरुले देशका लागि के गर्नु पर्छ भन्ने विषयमा गम्भीर छलफल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघको उपाध्यक्ष महेश श्रेष्ठले संघभित्र वार्षिक बजेटको परिचालनको बारेमा आफ्ना भनाईहरु राखेका थिए ।

गैरआवासीय नेपाली संघका कोषाध्यक्ष फडिन्द्र पन्तले संघभित्र आर्थिक पारदर्शिताको लागि राष्ट्रिय समितिहरुलाई समेत आग्रह गरे ।

कार्यक्रममा अर्का कोषाध्यक्ष सुनिल शाह, लोकप्रसाद दाहाल, डा. नवराज रोस्यारालले संघको मासिक, त्रैमासिक तथा वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अनिल पोखरेल, राजिव श्रेष्ठ, नवराज रोस्याराले संघको आर्थिक पक्षमा बोलेका थिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्षहरु कुल आचार्य, डा बद्री केसी, रविना थापाले कार्यक्रममा आआफ्ना भनाईहरु राखेका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित