एनआरएनए डे -२०२२ उद्घाटनका लागि प्रधानमन्त्री देउवालाई निम्ता

एनआरएनए डे -२०२२ उद्घाटनका लागि प्रधानमन्त्री देउवालाई निम्ता
www.europenepalikhabar.com २०७९ भदौ २८ गते मंगलबार, 13-09-2022

 

गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि मण्डलले प्रधानमन्त्री कार्यालयमा सम्माननीय प्रधानमन्त्री शेर वहादुर देउवालाई गैरआवासीय नेपाली दिवसमा प्रमुख आतिथ्यताको लागि निमन्त्रणा दिएका छन्।

गैर आवासीय नेपाली संघको संसारभर छरिएर रहेका नेपालीहरुको साझा सस्था गैरआवासीय नेपाली संघले हरेक बर्ष अक्टाबेर ११ का दिन गैरआवासीय नेपाली दिवस मनाउँदै आएको छ । नेपाल सरकारले गैरआवासीय नेपाली दिवस (एनआरएन डे) भनेर अक्टोबर ११ लाई घोषणा गरेपश्चात नेपालमा हरेक बर्ष गैरआवासीय नेपाली दिवस भब्यरुपले मनाउने गरिन्छ भने संसारभर छरिएर रहेका नेपालीहरुले आफु रहेका सम्बन्धित देशमा समेत यो दिवस मनाउने गर्दछन् । यस बर्षको गैरआवासीय नेपाली दिवस (एनआरएन डे) अक्टोबर ११ तारीख विविध कार्यक्रम गरि काठमाडौमा मनाइदैछ ।

गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यका अनुसार ‘एनआरएन डे’ मूल समारोहको प्रधानमन्त्री शेर बहादुर देउवाले उदघाटन गर्ने कार्यक्रम छ ।यसका अतिरिक्त एनआरएनएका मुद्दाहरु नागरीकता विधेयक, एनआरएन लगानी, पर्यटन प्रवद्र्धन, वैदेशीक रोजगार सम्बन्धि उद्धार कार्यक्रम विदेशमा बस्ने नेपालीलाई मतदानको सुनिश्निता, गैरआवासीय नेपालीको अनुभव, ज्ञान, सीप, विज्ञान तथा प्रविधि सम्बन्धि कार्यपत्रहरुमा छलफल समेत गरिने बताइएको छ ।

‘एनआरएन डे’ सफल बनाउन विश्वभर छरिएर रहेका नेपालीहरु, नेपाली दाजुभाई तथा दिदी बहिनी, सञ्चारकर्मीलगायत गैर आवासीय नेपाली संघले अपिल गरेका छ ।  

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित