२५ भन्दा बढी युरोपेली देशका ३०० सय प्रतिनिधि सहभागी हुने एनआरएनए यूरोप सम्मेलनको तयारी तीब्र

२५ भन्दा बढी युरोपेली देशका ३०० सय प्रतिनिधि सहभागी हुने एनआरएनए यूरोप सम्मेलनको तयारी तीब्र
युरोप संयोजकद्वय भट्टराई र सापकोटा
www.europenepalikhabar.com २०७९ भदौ २८ गते मंगलबार, 13-09-2022


पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १४ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन २५ भन्दा बढी देशका लगभग ३०० सय प्रतिनिधि सहभागी हुने कार्यक्रमको तयारी तीब्र बनेको छ ।

आगामी २४ र २५ सेप्टेम्बरमा स्वीडेनको राजधानी स्टकहोल्ममा आयोजना हुने सो सम्मेलनको उद्घाटन कानून, न्याय तथा संसदस्य मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले गर्ने एनआरएनए यूरोप संयोजक सन्तोष भट्टराईले जानकारी दिएका छन् ।

सम्मेलनमा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, अर्थमन्त्रालय, श्रममन्त्रालय नेपाल उद्योग वाणिज्य महासंघ, संघका केन्द्रीय पदाधिकारी लगायतको विशेष उपस्थिति रहने छ ।

सम्मेलनमा गैरआवासीय नेपाली संघको आन्तरिक तथा नियमित मुद्दामा छलफल हुने आयोजकले जनाएको छ । गैरआवासीय नेपालीको नागरिकताको निरन्तरता, नेपालमा लगानी, महिला तथा युवा, सम्पतिको अधिकार नेपालमा पर्यटन प्रर्वद्धन, युरोपमा रहेका नेपालीहरुको मुख्य समस्या लगायतका विषयमा सम्मेलनमा छलफल हुने बताइएको छ ।

सम्मेलनको अवसर पारेर यूरोपमा कार्यरत विभिन्न क्षेत्रका विज्ञहरुले आआफ्नो कार्यपत्र समेत प्रस्तुत गर्नेछन् । सम्मेलनमा सहभागी हुन युरोपस्थित गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिहरुलाई आग्रह गरिएको संघको युरोप संयोजक चिन्तामणि  सापकोटाले बताए । 

सम्मेलनको व्यवस्थापनको जिम्मा गैरआवासीय नेपाली संघ स्वीडेनले लिएको छ । एनआरएनए स्वीडेनका अध्यक्ष राजकुमार पाठकका अनुसार होटल बुकिङ, यातायात, खाना व्यवस्थापनको जिम्मेवारी संघले लिएको छ । पाठकले सम्मेलनको तयारीको लागि बिभिन्न उपसमिति गठन गरिएको जानकारी दिएका छन् ।

यसअघि सम्मेलनलाई सफल बनाउन संघका क्षेत्रीय संयोजकद्वय सन्तोष भट्टराई र चिन्तामणि सापकोटाको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरिएको र तयारी तीब्र रूपमा अगाडि बढेको एनआरएनए समाचार संयोजक चिरन शर्माले जनाए ।


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित