किराँत राई यायाेख्खाकाे संखुवासभा अध्यक्षमा केदार राई

किराँत राई यायाेख्खाकाे संखुवासभा अध्यक्षमा केदार राई
www.europenepalikhabar.com २०७९ असोज ४ गते मंगलबार, 20-09-2022


संखुवासभा : इतिहास भुगोल संस्कृती र सभ्यताको सम्मान, १ नं. प्रदेस किराँत प्रदेश प्रदेसबासिको आह्वान´ भन्ने मुलनारा सहित किराँत राई यायोक्खा संखुवासभाको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएकाे छ ।

उक्त सम्मेलनले किराँत राई यायोक्खा संखुवासभाको  अध्यक्षमा केदार लोहोरुङ राईलाई चयन गरेकाे छ भने समितिकाे उपाध्यक्ष जीवनकुमार याक्खा राई, सचीव उमा राई, सहसचिव विश्ववनाथ लोहोरुङ राई, सहसचिव जीवन खालिङ राई गरि जम्मा १५ सदस्यीय जिल्ला कार्यसमिती सर्बसहमतिले चयन गरेकाे हाे ।

१ नं. प्रदेस किराँत प्रदेस नामाकरणको निमित्त सबैसंग छलफल र सहकार्य गर्ने मुख्य लक्ष्य रहेको यायाेक्खा जिल्ला सहसचिव विश्वनाथ राईले जानकारी दिए।                                         

कार्यक्रममा केन्द्रिय उपाध्यक्ष तिलक याम्फु राईको प्रमुख आतिथ्य तथा केन्द्रिय सचिब मातृका राईको विशेष आतिथ्यमा सम्पन्न भएकाे थियाे । कार्यक्रम अायाेजक समितिका अध्यक्ष युबराज याम्फु राईको अध्यक्षतामा अधिबेशसन सम्पन्न भएकाे हाे ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित