राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार, उक्त कदमको देश विदेशका नेपालीद्वारा प्रशंसा र सम्मान

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार, उक्त कदमको देश विदेशका नेपालीद्वारा प्रशंसा र सम्मान
www.europenepalikhabar.com २०७९ असोज ४ गते मंगलबार, 20-09-2022


राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नु भएको छ। आज राति १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको छ ।

राष्ट्रपतिले विधेयक अस्वीकार गरे संगै देश विदेशका नेपालीहरुले राष्ट्रपतिको कदमको प्रशंसा र समर्थन गर्दै सामाजिक संजाल मार्फत एक्यवद्धता जनाएका छन् 

दुवै सदनबाट पारित भएर १५ दिन अगाडि नागरिकता विधेयक शीतल निवास पुगेको थियो । तर सो विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति कार्यालयले देशको सार्वभौमिकता, स्वाधीनता र स्वाभिमान रक्षा गर्न दृढ रहेको सन्देश दिएको छ ।


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित