युक्रेनकाे ४ राज्य रुसमा गाभियाे, युक्रेनलाई सम्झौतामा आउन पुटिनको चेतावनी

युक्रेनकाे ४ राज्य रुसमा गाभियाे, युक्रेनलाई सम्झौतामा आउन पुटिनको चेतावनी
www.europenepalikhabar.com २०७९ असोज १५ गते शनिबार, 1-10-2022


पोर्चुगल । युक्रेनकाे ४ राज्यलाई रुसले शुक्रबार आफ्नाे देशमा समावेश गरेकाे छ। यी राज्य डाेनेट्स्क, लुहान्स्क, खेरसाेन र जपाेरिजिया हुन्। क्रेमलिनकाे एउटा विशेष समाराेहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यी ४ राज्यका प्रतिनिधिहरुकाे उपस्थितिमा समझाैंता पत्रमा हस्ताक्षर गरे। 

समझाैंता पत्रमा हस्ताक्षर गर्नुअघि पुटिनले राष्ट्रका नाममा सम्बाेधन गरेका थिए। उनले रुसकाे कराेडौं नागरिककाे सपना पुरा भएकाे भन्दै यी ४ राज्यका नागरिककाे पनि इच्छा पुरा भएकाे बताए। 

रुसले याे राज्यमा जनमत संग्रह गराएकाे थियो। याे जनमत संग्रहप्रति अन्तर्राष्ट्रिय निकायले आपत्ति जनाएका छन्। जनमत संग्रहसँगै युक्रेनकाे १८ प्रतिशत भू–भाग रुसमा समावेश भएकाे छ।

पुटिनले आफ्नाे भाषणमा युक्रेनलाई सन् २०१४ काे समझाैंता अक्षरंक्ष पालना गर्न चेतावनी दिएका छन्। उनले युद्ध राेक्ने याे मात्र विकल्प भएकाे बताएका छन्। उनले युक्रेनकाे अन्य राज्यले पनि रुसमा समावेश हुन चाहेकाे खण्डमा निरास नपार्ने बताए। 

उनले पश्चिमी देशले जे सुकै प्रतिक्रिया दिए पनि ४ राज्यका जनताले जनमत संग्रहमा भाग लिएर आफूहरु रुसमा समावेश भएकाे स्पष्ट जानकारी दिएकाे बताए। उनले रुस आफ्नाे सीमा सुरक्षााका लागि जुनसुकै कदम उठाउन तयार रहेकाे बताए। 

पुटिनले अमेरिका र पश्चिमा देश रुसकाे दुश्मन भएकाे बताए। उनले यी देशहरु रुसलाई बर्बाद पारेर गुलाम बनाउन खाेजेकाे बताए। 

रुसले सन् २०१४ मा पनि क्रिमियालाई आफ्नाे कब्जामा पारेकाे थियो। 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित