एनआरएनए डेलाई प्रधानमन्त्रीले उद्घाटन गर्ने, शिर्षनेताहरुले शुभकामना दिने (यस्तो छ तालिका)

एनआरएनए डेलाई प्रधानमन्त्रीले उद्घाटन गर्ने, शिर्षनेताहरुले शुभकामना दिने (यस्तो छ तालिका)
www.europenepalikhabar.com २०७९ असोज २४ गते सोमबार, 10-10-2022


पोर्चुगल । अक्टोवर ११ (मंगलवार) आयोजना हुने गैरआवासीय ‘नेपाली दिवस’ समारोहलाई प्रधानमन्त्रीले उद्घाटन र शिर्षनेताहरुले सम्बोधन गर्ने भएका छन् ।

गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिमखडाका अनुसार सो समारोहको उद्धघाटन प्रधानमन्त्री शेर बहादुर देउवाले गर्ने भएका छन् । सोही समारोहलाई नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने भएका छन् ।

काठमाण्डौंस्थित याक एण्ड यती होटलमा आयोजना हुने समारोहमा गृहमन्त्री बालकृष्ण खाँड, कानूनमन्त्री गोविन्द बन्दी, परराष्ट्रमन्त्री नारायण खड्का, कांग्रेस नेता राधेश्याम अधिकारी, पूर्वमन्त्री रामकुमारी झाँक्री, माओवादी नेता खिमलाल देवकोटा, लोकतान्त्रिक समाजबादी पार्टीका नेता लक्ष्मणलाल कर्ण, मुख्यसचिव शंकरदास बैरागी लगायत नेपाल सरकारका उच्चपदाधिकारी तथा सचिवहरुको उपस्थिति रहने संघले जनाएको छ ।

यस्तै, गैरआवासीय नेपाली संघको वार्षिक साधारण सभा भोलि (सोमवार) काठमाण्डौंस्थित संघको केन्द्रीय कार्यालयमा आयोजना हुने तय गरिएको छ ।

साधारणसभामा संघका महासचिवद्धय गौरीराज जोशी र डा. केशव पौडेलले वार्षिक प्रतिवेदन, कोषाध्यक्षहरुले आर्थिक प्रतिवेदन तथा संघको विधान समितिका संयोजक डा. हेम राज शर्माले विधान प्रतिवेदन पेश गर्ने भएका छन् ।

तीन दिन सम्म चल्ले समारोहको अन्तिम दिन बुधवार (१२ तारिख) समापन समारोहलाई पूर्वप्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने कार्यक्रमतय गरिएको छ ।

कार्यक्रममा सहभागी हुन् संघको अध्यक्षत्रय रविना थापा, डा. बद्री केसी र कुल आचार्य लगायत संघका केन्द्रीय पदाधिकारी काठमाण्डौं पुगेका छन् ।

यस्तो छ बिस्तृत कार्यक्रम


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित