गृहमन्त्रीले एनआरएनएको मंच दुरुपयोग गरे, त्यो अत्यन्त लज्जास्पद छ : पूर्व प्रम ओली

गृहमन्त्रीले एनआरएनएको मंच दुरुपयोग गरे, त्यो अत्यन्त लज्जास्पद छ : पूर्व प्रम ओली
www.europenepalikhabar.com २०७९ असोज २६ गते बुधबार, 12-10-2022

  

युरोपनेपाली खबर : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारका गृहमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। गैर आवासीय नेपाली संघको समापान कार्यक्रममा बोल्दै उनले बोल्दै नबोल्ने संस्थाको बारेमा बोलेर अलोकतान्त्रिक व्यवहार देखाएको बताए।

'यही कार्यक्रममा गृहमन्त्री (बालकृष्ण खाँण)ले राष्ट्रपतिको बारेमा दिएको अभिव्यक्तिप्रत आपत्ति छ। बोल्दै नबोल्ने संस्थाको बारेमा यति लज्जाजनक कुरा बोल्नु हुँदैनथ्यो। यो सोभनीय कुरा पनि होइन,' उनले भने, 'अलिकति डेमोक्रेटिक कल्चर हुन्थ्यो भने प्रधानमन्त्रीले राजीनामा मागिसक्नुहुन्थ्यो।' 

उनले नागरिकता विधेयक सम्बन्धमा आफूहरुसँग बहस गर्न आह्वान गरे। 'कोही डिबेट गर्न चाहन्छन् भने हामी छौं। आउनुस्, फोरम तयार गरेर डिबेट गरौं। बोल्दै नबोल्ने संस्थाको बारेमा असभोनीय कुरा नगरौं,' उनले भने। 

उनले प्रवासमा बसेर नेपाल फर्किँदै देशप्रतिको छुट्टै माया महसुस हुने गरेको बताए। उनले विसं २०३० सालमा आफूलाई गोली हान्ने आदेशपछि भारत गएको र नेपाल फर्किँदा भूमि टेकेर फर्किएको स्मरण गरे। 'प्रवासमा बसेर नेपाल फर्किँदा कति माया महसुस हुन्छ भन्ने कुरा मैले २०३० सालमै महसुस गरेको छ। गोली हान्ने आदेशपछि डेढ महिना भारत बसेर म जोगबनी नाकाबाट नेपाल प्रवेश गरेँ र नेपाली भूमि टेके। खै किन हो देशको भूमिप्रति छुट्टै माया महसुस भयो,' उनले भने। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले गैर आवासीय नेपालीहरुका माग सम्बोधन हुने बताए। उनले तीन वटा मागलाई सही ढंगले समाधान गर्ने र बाँकी दुई वटालाई तत्काल सम्बोध गर्ने बताए। उनले गैर आवासीय प्रमाणपत्र र नेपालमा लगानी गर्ने वातावरण मिलाउन आफू अग्रसर भएर लाग्ने वाचा गरेका थिए। उनले मताधिकारका सबालमा पनि छलफल हुनुपर्ने बताएका थिए। 


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित