एनआरएनए नल्मलियोस, एमालेको सरकार बनेपछि तपाईहरुका मागहरू पूरा हुन्छन् : पूर्वप्रम ओली

एनआरएनए नल्मलियोस, एमालेको सरकार बनेपछि तपाईहरुका मागहरू पूरा हुन्छन् : पूर्वप्रम ओली
www.europenepalikhabar.com २०७९ असोज २६ गते बुधबार, 12-10-2022


गैरआवासीय नेपाली दिवस एवं गैरआवासीय नेपाली संघको वार्षिक साधारण सभा यही १० अक्टोबरदेखि १२ अक्टोबर सम्पन्न भएको छ । सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रम पूर्वप्रधानमन्त्री)मा रहेका सम्पूर्ण नेपालीको साझा संस्थाकारुपमा गैरआवासीय नेपाली संघ अगाडि बढनुपर्ने पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन ।

काठमाडौमा जारी ‘एनआरएन डे’ तथा गैरआवासीय नेपाली संघको वार्षिक साधारणसभा समापन गर्दै पूर्वप्रधानमन्त्री ओलीले विदेशमा रहेका सम्पूर्ण नेपालीलाई अविभावकको अपनत्व महसुस गराउदै समृद्ध मुलुक निर्माणको सवालमा एनआरएनए साझा संस्था र एकतावद्ध भएर अगाडि बढनुपर्ने धारणा राखेका हुन ।

पूर्वप्रधानमन्त्री ओलीले समयको माग र आवश्यक्ता अनुसार जन्मिएको एनआरएनए संस्थासँग आफु सुरुदेखिनै नजिक रहेको बताउदै आशलाग्दो संस्थाकोरुपमा स्थापना भएको एनआरएनए पछिल्लो समय कतै अल्मलिए जस्तो देखिएकोमा यसले बाटो नविराओेस् भन्ने सुझाव दिएका थिए ।

सो अवसरमा ओलीले गैरआवासीय नेपालीहरुले उठाँउदै आएको गैरआवासीय नेपाली नागरिकता र लगानी अनुकुल वातावरण निर्माण सम्वन्धी माग पुरा गर्न आफुहरु प्रतिवद्ध भएको जनाउदै मताधिकारको विषयमा भने छलफल भैरहेको बताए । उनले संस्थाका असल उद्देश्य र प्रयासमा आफ्नो र पार्टीको सदैव साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

समापन समारोहलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता चाडो भन्दा चाडो पाउने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउँदै लगानीमैत्री वातावरण तथा प्रवासमा रहेका नेपालीको सामाजिक सुरक्षाको सवालमा गम्भिर बनिदिन सरकारलाई आग्रह गरे ।

यस्तै संघका अर्का अध्यक्ष डा. बद्री केसीले अब पनि संस्था कलिलो छ भनेर सुख पाउने अवस्था नरहेको बताउँदै स्थापनाको २० वर्षमा ८६ भन्दा बढी देशमा संजाल फैलिइसकेको र १ लाख ६ हजार बढी पंजिकृत सदस्य आवद्ध रहेका यस संस्थालाई विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीको अपनत्व हुने साझा संस्थाकोरुपमा अगाडि बढाउन जरुरी रहेको बताए ।

उनले पछिल्लो समय आफुहरुभित्रकै मतभेदले संस्थामा केहि अफ्ठयारो परिस्थिती सिर्जना भएपनि संस्थाभित्र भएका कमिकम्जोरीलाई सच्याएर अब सबै एक भएर अघि बढने प्रतिवद्धता व्यक्त गरे ।

संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले हरेक गैरआवासीय नेपालीले प्रत्येक दिन, प्रत्येक क्षण देशलाई के गर्न सकिन्छ भनेर सोचिरहने गरेको बताए । धेरै एनआरएनहरुले अहिले पनि आफ्नो क्षमता अनुसारको काम स्वदेशमा गरिरहेको बताउँदै महतोले राज्यले सहज वातावरण बनाइदिए विदेशमा रहेका धेरै नेपालीहरु स्वदेशमा आफ्नो योग्यता, क्षमता र लगानी भित्र्याउन तयार रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य उमेशजंग रायमाझीले देशप्रति एनआरएनहरुको योगदान अतुलनिय रहेको बताउदै एनआरएनहरुले उठाउँदै आएको मुद्धाहरुप्रति आफु जानकार रहेको र यसप्रति पार्टीकोतर्फबाट साथ–समर्थन रहने प्रतिवद्धता व्यक्त गरे ।

संघका पूर्वसल्लाहकार तथा निवर्तमान प्रतिनिधीसभा सांसद डा. सुर्य पाठकले विशेषगरी भुकम्प, नाकाबन्दी र कोभिड महामारीको समयमा एनआरएनहरुले पु¥याएको योगदान कहिल्यै विर्सन नसकिने बताउदै बाध्यताले विदेशीएका हरेक नेपालीको सामाजिक सुरक्षाका लागि आफुहरु प्रतिवद्ध रहेको बताए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित