एनआरएनए विधानमा सहमति : उम्मेदवार हुन प्रत्यक्ष उपस्थित हुनु पर्ने, प्रतिनिधिले भोट अनलाइनबाट हाल्न पाउने

एनआरएनए विधानमा सहमति : उम्मेदवार हुन प्रत्यक्ष उपस्थित हुनु पर्ने, प्रतिनिधिले भोट अनलाइनबाट हाल्न पाउने
www.europenepalikhabar.com २०७९ असोज २६ गते बुधबार, 12-10-2022

 

युरोपनेपाली खबर - गैरआवासीय नेपाली संघ (एनआरएनए) को साधरण सभाले विधानको मस्यौदालाई सर्वसम्मतले पारित गरेको छ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार संघको साधारणसभाको अन्तिम दिन बुधवार राति निर्वाचन प्रकृया र प्रतिनिधि छनोटमा रहेको विवाद टुंगो लागेको हो । एनआरएनएमा अब  उम्मेदवार हुन प्रत्यक्ष काठमाडौ उपस्थित हुनु पर्ने तर प्रतिनिधिले भोट भने विदेश मै बसेर अनलाइनबाट हाल्न पाउनेमा सहमति भएको छ ।

एनआरएनए साधारण सभाबाट पारित विधान परराष्ट्र मन्त्रालयले स्वीकृति दिए पछि लागु हुने विधान समितिका संयोजक तथा संघका उपाध्यक्ष डा. हेम राज शर्माले जानकारी दिए ।

संशोधित विधान अनुरुप संघको ११ औं महाधिवेशनको निर्वाचन अनलाइन तथा प्रत्यक्ष (काठमाण्डौं) हुने भएको छ ।

संशोधित विधानमा प्रतिनिधि छनोट प्रकृया यथावत राखिएको छ । यसअघि विवादमा रहेको प्रतिनिधि छनोटको प्रतिशतको संख्या हटाइएको छ। यसअघि ६५ प्रतिशतबाट चयन हुने प्रतिशतको संख्या अब शतप्रतिशत बनाइएको छ । २५ र १० प्रतिशत प्रतिनिधिको प्रावधान खारेज गरिएको छ ।

संघको निर्वाचनमा उमेदवार, तीनका समर्थक र प्रस्तावक तथा आइसीसी सदस्यलाई काठमाडौं अनिवार्य रुपमा उपस्थित हुनु पर्ने बाध्यकारी व्यवस्था गरिएको छ।

संघका अध्यक्षहरु रविना थापा, कुल आचार्य र डा. बद्री केसीले आपसी सहमतिमा अन्तिम रुप दिएर ल्याइको विधानलाई संघले अन्तिम रुप दिएको हो ।

आइसीसीका महाचसिव डा केशव पौडैलका अनुसार संसोधित विधानमा प्रत्यक्ष र अनलाइन दुबै माध्यमबाट भोट गर्न सकिने छ।

यसअघि संघको विधान समितिले सर्वसम्मतले सो संशोधन प्रस्ताव साधारणसभामा पेश गरेको थियो ।


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित