चीनमा सेभेन सी, राष्ट्रपति सी चिनपिङ तेस्रो कार्यकालका लागि निर्वाचित, लि चियाङ भावी प्रधानमन्त्री

चीनमा सेभेन सी, राष्ट्रपति सी चिनपिङ तेस्रो कार्यकालका लागि निर्वाचित, लि चियाङ भावी प्रधानमन्त्री
सी चिनपिङ (बिचमा) र स्थायी समितिका सदस्यहरू
www.europenepalikhabar.com २०७९ कार्तिक ७ गते आइतबार, 23-10-2022


चिनियाँ राष्ट्रपति सी चिनफिङ माओत्से तुङले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरेयताकै चीनको सबैभन्दा प्रभावशाली नेता बनेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ केन्द्रीय समितिको आइतबार सम्पन्न पहिलो पूर्ण अधिवेशनमा सी चिनपिङ पुनः महासचिवमा निर्वाचित भएपछि यसअघि दुई कार्यकाल मात्र नेतृत्वमा रहने परम्परा समाप्त भएको छ ।

सि चिनपिङ नै आगामी मार्चबाट राष्ट्रपतिका रुपमा कार्यकाल सम्हाल्ने छन् । यो आधुनिक चिनियाँ इतिहासमै नयाँ प्रयोग हो । किनभने माओबाहेक कोही पनि दुई कार्यकालभन्दा बढी पार्टी नेतृत्व र सरकारको नेतृत्वमा रहेका थिएनन् ।

सीको अध्यक्षतामा भएको उक्त सत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिका २०३ सदस्य र १६८ वैकल्पिक सदस्यको सहभागिता थियो । उक्त सत्रमा सीले पार्टीको सात स्थायी समितिको सदस्य पनि नियुक्त गर्नुभएको छ । जसमा लि चियाङलाई दोस्रो वरियतामा राखिएको छ । उनी आगामी मार्चदेखि प्रधानमन्त्री बन्ने छन् । चीनमा पार्टीको दोस्रो वरियताको नेताले प्रधानमन्त्री सम्हाल्ने र प्रधानमन्त्री आथिएक नीतिको प्रमुख रहने परम्परा छ । तर सि चिनपिङले उपप्रधानमन्त्रीहरुबाट प्रधानमन्त्री बनाउने परम्परालाई तोडेका छन् ।

स्थायी समितिका अन्य सदस्यहरुमा चाओ ल झी, वाङ हुनिङ, छि छाइ, डिङ सुयसियङ र लि सी रहेका छन् ।

सीपीसीको सूचीकृत २०५ केन्द्रीय सदस्यमध्ये ११ जना मात्र महिला रहेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित