लाक्पा तेन्जी लामा/ रोमानिया -
रोमानियामा नेपाली समुदायमा दिनप्रतिदिन एकपछि अर्को दु:खद घटना घट्ने क्रम बढिरहेको छ । एक महिनाभित्र रोमानियामा तीन नेपालीहरुको असामयिक मृत्यु भएको छ । आज २ नोभेम्बरका दिन काम गर्ने क्रममा फेरि एकजना नेपाली युवाको दु:खद निधन भएको जानकारी आएको छ ।
रोमानियाको तिमिलास्वरा शहरको Vizejdia नजिक Banat Melon agriculture कम्पनीमा कार्यरत म्याग्दी जिल्ला घर भएका ३३ बर्षिय देवेन्द्र पुनको कम्पनी मै काम गर्ने क्रममा मेसिनले च्यापेर मृत्यु भएको दु:खद खबर प्राप्त भएको छ ।
घटनाको बिषयमा विस्तृत जानकारी भने आउन बाँकी रहेको छ । रोमानियामा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई आफू कार्यरत स्थाना एकदमै सुरक्षित भएर काम गर्न, आफूलाई अनुभव नभएका तथानजानेका कुराहरुमा हात नहाल्न र होशियारपूर्वक काम गर्न आग्रह गरिएको छ ।
विगत एक महिनाभित्र रोमानियामा तीन जना नेपालीको असामयिक निधन भएको स्थितिले रोमानियाको नेपाली समुदाय स्तब्ध , दु:खी र चिन्तित बनेको छ ।
FOUNDER/CHIEF EDITOR :