युरोपेली मुलुक माल्टामा एक नेपाली युवतीको असामयिक निधन, घटनाप्रति दु:ख प्रकट गर्दै एनआरएनएद्वारा सहयोगको आह्वान

युरोपेली मुलुक माल्टामा एक नेपाली युवतीको असामयिक निधन, घटनाप्रति दु:ख प्रकट गर्दै एनआरएनएद्वारा सहयोगको आह्वान
तस्बिर : स्व.विनिता ढुङ्गेल
www.europenepalikhabar.com २०७९ कार्तिक १७ गते बिहीबार, 3-11-2022


युरोपनेपाली खबर, ३ नोभेम्बर ।

रोजगारीको क्रममा बिगत १ महिना अगाडि माल्टा आउनु भएकी इलाम जिल्ला सुर्योदय-६ कन्यामकी  सुश्री विनिता ढुङ्गेलको उपचारको क्रममा माल्टाको सरकारी अस्पताल (Matar Dei) मा आज बिहान ४:३० बजे दुखद निधन भएको एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्याल जानकारी गराउनु भएको छ ।

अध्यक्ष अर्यालका अनुसार स्व.विनिता ढुङेल ज्वारो र डेङ्गु ग्रसित भएको रिपोर्ट अस्पतालले दिएको छ । उहाँ माल्टा आएको अर्को दिन बाट नै स्वास्थ्यमा आएको खराबीको कारण अस्पताल भर्ना हुनु भएको थियो । माल्टाको स्थानीय बिमा नभएको कारण अस्पतालबाट करिव ३० हजार युरोको बिल उठेको छ । उहाँको रोजगारदाता कम्पनी OZO GROUP MALTA ले पनि दुख व्यक्त गरेको छ  । 

उहाँले कम्पनी सङ्ग कुनै पनि काम सुरु नगर्नु भएको भए पनि छलफल हुने क्रममा कम्पनीको तर्फबाट सहयोगको निम्ति कुनै कसर बाँकी नराख्ने उक्त कम्पनीको ब्यबस्थापन टिमले जानकारी दिएको एनआरएनए अध्यक्ष अर्यालले बताए ।

माल्टामा रहेका विभिन्न संघ-संस्था बुद्दिजिवी, ब्यापार ब्याबसायिक ब्यक्तिहरु लगायत सम्पुर्ण माल्टामा रहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुको सहयोगको खाचो  उहाँ लगायत उहाँको परिवारलाई परेको  दु:खद पीडाको घडीमा सम्पूर्णसंग समन्वय गरेर एनआरएनए माल्टा अगाडि बढ्ने जानकारी दिएको छ । एनआरएनए माल्टाले मृत आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित