बागलुङ - १ को मत सर्वेक्षण : डाक्टरको पक्षमा परिणाम

www.europenepalikhabar.com २०७९ कार्तिक १९ गते शनिबार, 5-11-2022


नेकपा एमालेबाट बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवार डा. सूर्य पाठकको पक्षमा जनलहर देखिएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग मुख्य प्रतिस्पर्धामा रहेका पाठकको पक्षमा जनलहर देखिएको हो । 

दुबै उम्मेदवारले आफ्नो पक्षमा जनमत पार्न चुनावी घरदैलोदेखि अनेक कार्यक्रम गरिरहँदा पाठककै लोकप्रियता देखिएको छ । शिक्षित, जनतामा भिजेको र युवा उम्मेदवारका कारण उनको पक्षमा जनलहर देखिएको बताइएको छ। 

बागलुङका चियापसलदेखि मेलापातसम्म पाठक सही उम्मेदवार भएको भन्दै उनको पक्षमा चर्चा हुने गरेको अमलचौरका एक स्थानीयले बताए । 

यसैबीच एक सर्वेक्षणमा पाठकको पक्षमा जनमत देखिएको छ । ‘रुटिन अफ बागलुङ बन्द’ नामको फेसबुक पेजमार्फत भएको सर्वेक्षणमा पाठक अगाडि देखिएका हुन् । ११ सय भन्दा बढी भोट हुँदा पाठकको पक्षमा ५९ प्रतिशत जनमत देखिएको छ भने केसीको पक्षमा मात्रै ४१ प्रतिशत मत आएको छ । यस सर्वेक्षणमा विभिन्न प्रतिक्रिया पनि आएका छन्।

विद्यार्थी संगठनबाट एमालेको राजनीति सुरु गरेको पाठक स्पष्ट वक्ता र बौद्धिक नेताका रुपमा चिनिन्छन् ।   अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका उनले आफ्नो पहिलो कार्यकालमा पुरा हुन बाँकी काम गर्नका लागि पुनः उम्मेदवार बनेको र विकासको लहर ल्याउने पनि बताएका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित