अन्तर्राष्ट्रिय आप्रवासी सम्मेलनलाई एनआरएनए अध्यक्ष डा. केसीले सम्बोधन गर्ने

अन्तर्राष्ट्रिय आप्रवासी सम्मेलनलाई एनआरएनए अध्यक्ष डा. केसीले सम्बोधन गर्ने
www.europenepalikhabar.com २०७९ मंसीर २९ गते बिहीबार, 15-12-2022


पोर्चुगल । शनिवार आयोजना हुने आप्रवासी विश्व सम्मेलनलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले सम्बोधन गर्ने भएका छन् ।

ग्लोवल डायस्पोराको आयोजनामा हुने सो सम्मेलनलाई दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुआन कार्लोस, इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आइएमओ) की उपमहानिर्देशक उगोची डेनियल लगायतले सम्बोधन गर्ने भएका छन् ।

सम्मेलनमा सातवटै महादेशमा रहेका आप्रवासीहरुका समस्या र समाधानको बारेमा छलफल हुने बताएको छ ।

सम्मेलनमा एशिया क्षेत्रीयको प्रतिनिधित्व गर्दै डा. केसी र संघका संस्थापक संयोजक भीम उदास सहभागी हुने भएका हुन् ।

सम्मेलनमा अफ्रिका महादेशबाट अफ्रिका युरोप डायस्पोरा डेभलपमेन्ट प्लेटफर्मका कार्यकारी निर्देशक मिराना राजोहरिसन, अष्ट्रेलियाबाट युरोपबाट स्कटिस् व्यापार नेटर्वका अध्यक्ष, रेसेल डल्जेलिस, युक्रेन विश्व कांग्रेस नतालिया नेमिलिव्स्का, लगायतले सम्बोधन गर्ने तय गरिएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित