एनआरएनएद्वारा विश्व साईकलयात्री ज्ञान महर्जनलाई साईकल हस्तान्तरण

एनआरएनएद्वारा विश्व साईकलयात्री ज्ञान महर्जनलाई साईकल हस्तान्तरण
www.europenepalikhabar.com २०७९ पुष ८ गते शुक्रबार, 23-12-2022


युरोपनेपाली खबर, पोर्चुगल ।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष श्री रविना थापा र एशिया प्रशान्त क्षेत्रका क्षेत्रिय सचिव एवं आईसिसि सदस्य श्री प्रदिप न्यौपानेले संयुक्त रुपमा विश्व साईकलयात्री ज्ञान महर्जनलाई विश्व भ्रमणको लागि साईकल हस्तान्तरण गर्नु भयो । उक्त साईकल संघको पहल र एनसिसि चीनको सहयोगमा प्रदान गरिएको हो ।

आजको यस कार्यक्रमका प्रमुख अतिथि तथा संघका कार्यकारी अध्यक्ष रविना थापाले संघले नेपालको पर्यटन प्रबद्र्धनमा गरेका कार्यहरु बारे जानकारी गराउनु भयो । उहांले नेपालका प्रभावशाली व्यक्तित्वहरुलाई सहयोग गर्न पाउँदा खुशी लागेका बताउन भयो । विश्व साईकलयात्री महर्जनको मिशनलाई थप सहयोग गर्न एनसिसि चीनले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै अब हुन लागेको यात्रा शुखमय र फलदायी होस भनेर कामना गर्नु भयो ।

संघको सचिवालयमा आयोजना गरिएको कार्यक्रममा एशिया प्रशान्त क्षेत्रका क्षेत्रिय सचिव प्रदीप न्यौपानेले आफ्नो मन्तब्य राख्दै यस पुनित कार्यको लागि एनसिसि चीन समक्ष प्रस्ताव आएको र यसलाई एनसिसि चीनले सकारात्मक रुपमा लिई नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग गरेकोमा एनसिसि चीन प्रति हार्दिक आभार प्रकट गर्नु भयो । उहांले गैरआवासीय नेपाली संघ र एनसिसि चीनको झण्डा सहित विश्वभ्रमण गर्न लागेकोमा विश्व साईकलयात्री महर्जनलाई सफल यात्राको लागि शुभकामन व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका प्रवक्ता एवं पर्यटन प्रबद्र्धन समितिका सभापति श्री सोम सापकोटाले संघले विभिन्न कालखण्डमा विभिन्न माध्यमबाट नेपालको पर्यटन प्रबद्र्धनमा गरेका गतिविधिहरु बारे जानकारी गराउदै विश्वसाईकल यात्री महर्जनले आफ्नो यात्राका दौरान नेपालको पर्यटन प्रबद्र्धनका साथै ग्लोबल वार्मिङबारे सन्देश फैल्याउने योजनाको प्रशंसा गर्दै उहांको यात्राको लागि अग्रिम शुभकामना व्यक्त गर्नु भयो ।

संघका सचिव श्री गोविन्द प्रसाद गौंतमले नेपाल पर्यटन प्रबद्र्धन एनसिसि चीनले खेलेको भूमिका प्रति हार्दिक धन्यवाद व्यक्त गर्नु भयो । यसरी नै विश्वसाईकल महर्जनले ग्लोबल वार्मिङ क्याम्पेनका साथै नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग गर्ने उद्देश्य लिएर सन् २०१३ मा चीनको ग्रेटवाल देखि साईकाल यात्रा सुरु गरेर हाल सम्म १५ वटा मुलुकमा यात्रा गरेको र आगामी जनवरी १५ देखी एशियाका विभिन्न मुलुकका साथै युरोपको भ्रमण गर्न लागेको जानकारी गराउनु भयो । अन्त्यमा उहांले गैरआवासीय नेपाली संघको पहलमा एनसिसि चीनले साईकल उपलब्ध गराई सहयोग गरेको प्रति धन्यवाद प्रकट गर्नु भयो ।

अन्त्यमा यस कार्यक्रमका सभापति एवं एनसिसि चीनका अध्यक्ष रोहित अग्रवालले नेपालको पर्यटन प्रबद्र्धनका साथै जलवायु परिवर्तनको मद्दा लिएर भम्रण आयोजना गर्न लागेको प्रति केही सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै यात्राको शुभकामना व्यक्त गर्दै चीन भ्रमणको निम्तो समेत दिनु भयो । 

यस कार्यक्रमको संचालन सचिवालयका प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारीले गर्नु भएको थियो । उहांले नेपालमा देखा परेको Global Warming को असर र नेपालको पर्यटन बारे जानकारी गराउन यो भ्रमण सफल रहोस भनी शुभकामना व्यक्त गर्नु भयो । 

यस कार्यक्रममा एनसिसि चीनका उपाध्यक्ष निर्मल चौलागाई, महिला संयोजक पुण्यवति सुवेदीका साथै अन्य कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, एनसिसि पपुवान्युगिनीका महिला संयोजक दुर्गा भवानी भट्ट लगायतका गैरआवासीय नेपाली अभियन्ताहरुको सहभागीता रहेको थियो । 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित