मेक्सिकोको सर्वोच्च अदालतमा पहिलो महिला प्रधानन्यायाधीश

मेक्सिकोको सर्वोच्च अदालतमा पहिलो महिला प्रधानन्यायाधीश
www.europenepalikhabar.com २०७९ पुष १९ गते मंगलबार, 03-01-2023


रासस–एएनआई ।

मेक्सिको सिटी– मेक्सिकोको सर्वोच्च अदालतले सोमबार तीन चरणको मतदानपछि नोर्मा पिना हर्नान्डेजलाई देशको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश निर्वाचित गरेको छ ।

मेक्सिकोको अखबार रिफार्माले जनाएअनुसार संघीय न्यायपालिकामा ३४ वर्षको अनुभव संगालेकी नोर्माले चार उम्मेद्वारलाई पछि पार्दै सो परिणाम निकालेकी हुन् ।

विजयपछि उनले सबैको साथ, समर्थन र सहमति हुनुपर्नेमा जोड दिएकी छिन् । उनले भनिन् – ‘म धेरै बलियो महसुस गर्छु किनभने हामी सबै एकजुट छौं ।’

हर्नान्डेजलाई सन् २०१५ को अन्त्यमा तत्कालीन राष्ट्रपति एनरिक पेना निटोद्वारा अदालतमा मनोनित गरिएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित