एनआरएनएको मासिक प्रतिवेदन सार्वजनिक, यस्ता छन् २० उपलब्धी

एनआरएनएको मासिक प्रतिवेदन सार्वजनिक, यस्ता छन् २० उपलब्धी
www.europenepalikhabar.com २०७९ पुष २१ गते बिहीबार, 05-01-2023


पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) की कार्यकारी अध्यक्ष रविना थापाले २० उपलब्धि सहितको मासिक प्रतिवेदन सार्वजनिक गरेकी छन् । विहिवार सार्वजनिक गरिएको प्रतिवेदनमा संस्थाका गतिविधि तथा उपलब्धिहरु उल्लेख गरिएको छ । संघभित्र अध्यक्षले आफ्नो कार्यको विवरण प्रत्येक महिना सार्वजनिक गर्नु पर्ने प्रभावधान रहेको छ ।

प्रतिवेदन जस्ताको तस्तै :

गैरआवासीय नेपाली संघ

मासिक प्रतिवेदन – ३

डिसेम्बर २०२२

गैरआवासीय नेपाली संघको अभियानलाई थप बलियो बनाएर ‘समृद्ध नेपालको लागि नेपालीका लागि नेपाली’ भन्ने मुलमन्त्र प्रभावकारी बनाउने अभियान जारी रहेको छ । गैरआवासीय नेपाली संघले यसअघि प्रमुख रुपमा उठाएका कतिपय विषयहरुको सम्बोधन नेपाल सरकारले गरिसकेको छ । नवगठित सरकारसंग गैरआवासीय नेपाली संघका थाती रहेका मुद्धाहरुमा पुनः छलफलको लागि तयारी गरिएको छ । यसै सन्दर्भमा डिसेम्बर महिनामा भएका मुख्य गतिवधि तथा उपलब्धिहरु यहाँहरु समक्ष प्रस्तुत गर्दछौ ।

१. सामाजिक सुरक्षा कोषले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको सामाजिक सुरक्षा योजना कार्यविधि तयार गरी सार्वजनिक भएको छ । कार्यक्रममा संघका कार्यकारी अध्यक्ष रविना थापाको सहभागीता रहेको थियो ।

२. नेपाल सरकारद्वारा आयोजना गरिएको सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा संघका कार्यकारी अध्यक्ष रविना थापाको सहभागीता सो कार्यक्रममा सामाजिक सुरक्षा कोषको बारे संघको धारणा प्रस्तुत गरिएको थियो ।

३. नवनिर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभाका सांसदलाई शुभकामना व्यक्त गर्दै संघले उठाएका कतिपय विषयहरुको संबोधन नेपाल सरकारले गरिसकेकोमा धन्यवाद प्रकट गर्दै अन्य विषयहरुको चाडै नै संबोधनको लागि स्मरण गरिइएको छ ।

४. परोपकारी तथा सामाजिक कार्य अन्तर्गत संघको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्ष डा. बद्री केसीद्वारा पशुपति बृद्धाश्रममा रहनु भएका बृद्धहरुलाई न्यानो कपडा वितरण गर्नु भएको र यस कार्यका लागि संघका उपाध्यक्ष आरके शर्माले सहयोग गर्नु भएको थियो ।

५. गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसी लगायतका प्रतिनिधि र आइएमओका प्रतिनिधिहरु वीच अनलाईन बैठक सम्पन । मुख्यतया प्रवासमा रहेका नेपाली श्रमिकहरुको हितका लागि छलफल भएको थियो ।

६. संघको स्वस्थ्य समितिको पहलमा दमकमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न । उक्त शिविरमा १५० जना भन्दा बढीले परिक्षण गरेका थिए । शिविरमा मृगौला, मधुमेह, ह्रदय रोग र उच्च रक्तचाप सम्बन्धी रोगका विरामीहरुको सहभागीता रहेको थियो ।

७. यसरी नै गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिको आयोजना तथा पहलमा गाईघाट त्रियुगा हाईस्कुलमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो । पराष्ट्र मन्त्री डा नारायण खड्काले उद्घाटन गर्नु भएको कार्यक्रममा ३५० भन्दा बढी महिलाले सहभागीता जनाएका थिए ।

८. अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको कार्यक्रममा संघको प्रतिनिधित्व गर्दै संघका कार्यकारी अध्यक्ष रविना थापाको सहभागीता भई संघको धारणा प्रस्तुत गर्नु भयो ।

९. आइओएमका साथै सुरक्षित आप्रवासनका लागि राष्ट्रिय संजालले आयोजना गरेको आप्रवासन सम्बन्धी कार्यक्रममा संघका कार्यकारी अध्यक्ष रविना थपा र अध्यक्ष डा. बद्री केसीद्धारा सम्बोधन् ।

१०. १० औं अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठक सम्पन्न । मुख्यता संघको मेघा परियोजना, विभाग, समिति, कार्यदल, संशोधित विधान लगायत अन्य समसामयिक विषयमा महत्वपूर्ण निर्णय सहित काम अघि बढेको छ ।

११. संघको नेपाली सामाग्री प्रबर्दधन समितिको आयोजनमा विश्व बजारमा नेपाली सामग्रीको आवश्यकता, चुनौती र सम्भावना बारे युरोप र एशिया क्षेत्रका महामिहत राजदूत तथा अभियन्तासंग अन्तक्रिया कार्यक्रम सम्पन्न । कार्यक्रममा कार्यकारी अध्यक्ष रविना थापा र अध्यक्ष डा बद्री केसीको सहभागिता ।

१२. संघको महिला विभागको आयोजनामा जुम मार्फत “लैंगिक सचेतना तथा महीला नेतृत्वमा चुनौती” बारे एक अन्तर्क्रिरया कार्यक्रमको आयोजना । यस कार्यक्रममा प्रतिनिधिसभाका सांसद श्री जुली कुमारी महतो र श्री विद्या भट्टराई लगायत संघका पदाधकारीहरु तथा गैरआवासीय नेपाली अभियन्ताहरुको सहभागीता रहेको थियो ।

१३. संघको पर्यटन प्रबर्धन सम्बन्धि अभियानमा एनसिसि चीनको सहयोगार्थ प्राप्त भएको साइकल गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रविना थापा र एशिया प्रशान्त क्षेत्रका क्षेत्रिय सचिव प्रदिप न्यौपानेले संयुक्त रुपमा विश्व साईकलयात्री ज्ञान महर्जनलाई हस्तान्तरण ।

१४. गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आयोजनामा “डिजिटल फन्डिङ्ग प्रवाह, सार्थक सहयोगको आग्रह“ कार्यक्रमको समुद्घाटन गरिएको र सोही अवसरमा राष्ट्रिय समन्वय परिषद क्यानाडाको आयोजनामा घुम्ति रगत बस परियोजना सम्बन्धमा एक छलफल तथा मनोरंजन कार्यक्रम सम्पन्न ।

१५. संघका कार्यकारी अध्यक्षले नवनियुक्त गृह मन्त्री श्री रवि लामिछानेसंग अनौपचारिक भेटघाट गरि गैरआवासीय नेपालीको नागरिकताको निरन्तरता र अन्य गतिविधि बारे जानकारी गराइएको ।

१६. संघका कार्यकारी अध्यक्ष रविना थापाले संविधान सभाका अध्यक्ष सुवाष नेम्वाङ्गसंग भेटघाट गरि संघको नागरिकता अभियान लगायतका विषयमा छलफल भएको ।

१७. मानव वेचविखनका बिरुद्ध श्रम मन्त्रालयसंग सहकार्यका विषयमा श्रम सचिवसंग कार्यकारी अध्यक्षको छलफल गरिएको ।

१८. वैदेशिक रोजगारमा रहेका श्रमिकहरु समस्या बारे २७ डिसेम्बर २०२२ का दिन संघका कार्यकारी अध्यक्षको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशकसंग संघको केन्द्रीय कार्यालयमा छलफल ।

१९. २८ डिसेम्बर २०२२ का दिन संघको ११औं अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय एवं तेश्रो पदाधिकारी बैठक सम्पन्न । मुख्यतया गैरआवासीय नेपाली नागरिकता लगानी, वैदेशिक रोजगार, सदस्यता वितरण प्रणाली, विधान, आर्थिक प्रणाली लगायत विभिन्न सरोकारका विषयमा छलफल भई विभिन्न निर्णय गरियो ।

२०. ११ र १७ डिसेम्बरका दिन आप्रवासन क्षेत्रमा काम गर्ने युएनको छाता संगठन Global Diaspora Confederation (GDC) द्वारा आयोजना गरिएको ग्लोबल फोरममा संघका अध्यक्ष डा बद्री केसी र संस्थापक अन्तर्राष्ट्रिय संयोजक भिम उदासको प्यानालिष्टको रुपमा सहभागीता ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित