एनआरएनएले पोखरामा अत्याधुनिक स्मार्ट सार्वजनिक शौचालय बनाउने

एनआरएनएले पोखरामा अत्याधुनिक स्मार्ट सार्वजनिक शौचालय बनाउने
www.europenepalikhabar.com २०७९ पुष २१ गते बिहीबार, 05-01-2023


पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पोखरा महानगरपालिकास्थित महेन्द्र पुलमा अत्याधुनिक स्मार्ट सार्वजनिक शौचालय निमार्ण गर्ने भएको छ ।

सो शौचालयमा निमार्णको लागि गैरआवासीय नेपाली संघ र पोखरा महानगरपालिकाबीच बुधवार द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रविना थापाका अनुसार अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृह निर्माणका लागि सो सम्झौता गरिएको हो ।

संघको आर्थिक सहयोगमा सम्पन्न हुने सो परियोजनाको सम्झौतामा संघकी कार्यकारी अध्यक्ष रविना थापा र पोखरा महानगरपालिका प्रमुख वीच हस्ताक्षर भएको हो ।

पत्रमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृहको निर्माण सम्पन्न गरी सकेपछि उपयुक्त ठाउँमा गैरआवासीय नेपाली संघको लोगो सहितको झण्डा राखिने, अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृहको निर्माण सम्पन्न गरी सकेपछि उक्त शौचालय र चमेनागृह महानगरपालिकाले संचालन गर्ने छ ।

यस सम्झौता हस्ताक्षर समारोहमा एनआरएनए उपाध्यक्ष जयप्रकाश गुरुङ, पोखरा महानगरपालिकाका पदाधिकारीहरु गैरआवासीय नेपाली संघ युएसएका आजिवन सदस्य तथा अभियान्ता नारायण थापा लगायतको विशेष उपस्थिती थियो । यस कार्यको लागि संघका प्रमुख कार्यकारी अधिकृत र पोखरा नगरपालिकका कार्यालय प्रमुखले समन्वय गर्नु हुने छ ।


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित